पत्रकार महासंघमा निर्मला शर्मालाई अगाडि सारेपछि कांग्रेसभित्र विद्रोह, रमेश विष्टको सामानान्तर गठबन्धन
काठमाडौं - नेपाल पत्रकार महासंघमा गरिएको कांग्रेस-एमालेको गठबन्धनलाई लिएर देशभरि असन्तुष्टि बढेको छ।
असन्तुष्टि प्रकट पत्रकार महासंघको केन्द्रीय पदाधिकारीबाटै सुरू भएको छ। मंसिर २८ गते हुने नेपाल पत्रकार महासंघको निर्वाचनका लागि अध्यक्षमा कांग्रेसनिकट प्रेस युनियनका रमेश विष्टले छुट्टै प्यानल बनाएका छन्।
एमालेनिकट प्रेस चौतारीबाट निर्मला शर्मालाई गठबन्धनले अध्यक्षमा अगाडि सारेपछि युनियनभित्र...














