पर्वहरूले राष्ट्रिय एकतालाई बलियो बनाएको छ ः मेयर कोइराला
विराटनगर ÷ विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले नेपालभित्र मनाइने चाडपर्वहरूले राष्ट्रिय एकतालाई बलियो बनाएको बताउनुभएको छ ।
किराँत समुदायको महान् पर्व उधौली र नेवार समुदायले मनाउने यःमरी पुन्हिका अवसर शुभकामना सन्देश जारी गर्दै मेयर कोइरालाले नेपालभित्र बसोबास गर्ने हरेक जातजातिको आ–आफ्नै कला, संस्कृति, रीतिरिवाज रहेको उल्लेख गर्नुभएको छ । ७७ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको विराटनगरभि...














