छात्राको गोप्य अंग छाम्दै हिड्ने धरानका ‘ शिक्षक’लाई अभिभावकको रामधुलाई
इटहरी– सुनसरीको धरान स्थित एउटा निजी विद्यालयका शिक्षक छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका छन्।
धरान–१७ स्थित माउण्ट मोरिया स्कुलका शिक्षक असित ठकुरीलाई इलाका प्रहरी कार्यालय धरानले पक्राउ गरेको हो। शिक्षक ठकुरी विरुद्ध अभिभावले उजुरी दिएपछि सोही उजुरीका आधारमा पक्राउ गरिएको धरान प्रहरीका डीएसपी प्रकाश लिम्बुले जानकारी दिए।
ठकुरीलाई प्रहरीले पक्राउ गर्नुअघि अभिभावक र विद्यार्...














