सप्तरीको डाकनेश्वरीमा कांग्रेसले जितेका दुवै वडा जसपा नेपालले खोस्यो
राजविराज– ०७९ को स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसले जितेका सप्तरीको डाक्नेश्वरी नगरपालिका १ र ४ को वडाध्यक्ष पद उपनिर्वाचन मार्फत जनता समाजवादी पार्टी (जसपा) नेपालले खोसेको छ।
मतगणनाको अन्तिम परिणाम अनुसार डाक्नेश्वरी नगरपालिका १ को वडाध्यक्षमा जसपा, नेपालका धिरेन्द्रकुमार साह निर्वाचित भएका छन्। ६५२ मत ल्याएर उनी निर्वाचित हुँदा यसअघि वडाध्यक्ष निर्वाचित भएको कांग्रेसका उम्मेदवार भूलिया द...














