मेयर कोइरालाद्वारा टेलिस्कोपमार्फत सूर्यको अवलोकन
विराटनगर÷ विराटनगर महानगरपालिकाअन्तर्गतको खगोल तथा अन्तरीक्ष विज्ञान अध्ययन अनुसन्धान समितिले विभिन्न स्थानबाट टेलिस्कोपमार्फत सूर्यको अवलोकन गराएको छ ।
विद्यार्थीलाई विज्ञान र प्रविधिका साथै खगोल तथा अन्तरीक्ष विज्ञानमा चासो बढाउने उद्देश्यले समितिले टेलिस्कोपमार्फत सूर्यको अवलोकन गराएको हो । महानगर परिसरमा मेयर नागेश कोइराला, उपमेयर शिल्पा निराला कार्की, निमित्त प्रमुख प्रशासकीय अधिकृत रामप्रसा...














