चाडपर्वलाई मर्यादित, सुरक्षित र भयरहित वातावरणमा मनाउने व्यवस्था मिलाउन कोशी प्रदेश प्रहरी प्रमुखबाट जिल्ला प्रहरी प्रमुखहरुलाई निर्देशन
बिराटनगर, असोज, १६ गते ।
कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक चन्द्र कुवेर खापुङले चाडपर्वको पुर्व सन्ध्यामा बिजया दशमीको शुभकामना सहित चाड पर्वलाई हर्सोलास र आपसी सदभावका साथ मर्यादित, सुरक्षित र भयरहित वातावरणमा मनाउने व्यवस्था मिलाई आम नागरिकको जन जीवन सामान्य तुल्याउन जिल्ला प्रहरी प्रमुख तथा इलाका प्रहरी कार्यालयका प्रमुखहरुलाई निर्देशन दिनु भएको छ ।
असोज १६ गते दिउँसो भ...














