म मन्त्री बन्दिन, पार्टीकै काम गर्छु- गगन थापा

म मन्त्री बन्दिन, पार्टीकै काम गर्छु- गगन थापा
विराटनगर । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आफू मन्त्री नबन्ने प्रष्ट पारेका छन् । बिहीबार विराटनगरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै महामन्त्री थापाले आफु पार्टीकै काममा व्यस्त रहेकाले सरकारमा नजाने बताएका हुन् । उनले पार्टी सभापतिलाई आफु सरकारमा नजाने बारे जानकारी गराएको बताए । उनले भने- ‘सांसदको रुपमा मैले क्रियाशील भएर यो सरकारलाई समर्थन गर्नेपनि, हाम्रो शेखर कोइरालाले अघि भ...

भद्रकाली मन्दिर परिसरका संरचना पुनःनिर्माण सुरु, शिलान्यास सम्पन्न

भद्रकाली मन्दिर परिसरका संरचना पुनःनिर्माण सुरु, शिलान्यास सम्पन्न
काठमाडौँ । आजबाट भद्रकाली मन्दिर परिसरको दक्षिण पश्चिमबाट भवन पुनःनिर्माण सुरु भएको छ । काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलले जग पूजा तथा शिलान्यास गरेर पुनःनिर्माण थालनी गरेकी हुन् । यी संरचनाहरु २०७२ सालको भूकम्पको कम्पनले जीर्ण अवस्थामा थिए ।  त्यस क्रममा प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियार, सहरी योजना आयोगका उपाध्यक्ष डा. सुमननरसिंह राजभण्डारी, सम्पदा तथा पर्यटन समितिका संयोजक आ...

नेदरल्याण्ड्सलाई हराउँदै इंग्ल्याण्ड युरोकप फुटबलको फाइनलमा

नेदरल्याण्ड्सलाई हराउँदै इंग्ल्याण्ड युरोकप फुटबलको फाइनलमा
इंग्ल्याण्ड युरोकप फुटबलको फाइनलमा पुगेको छ । आज बिहान जर्मनीको इडुना पार्क स्टेडियममा भएको खेलमा नेदरल्याण्ड्सलाई २–१ गोलले हराउँदै इंग्ल्याण्ड उपाधि नजिकै पुगेको हो । खेलमा अग्रता भने नेदरल्याण्ड्सले लिएको थियो । सातौँ मिनेटमा जाभी सिमोन्सले गोल गरेर नेदरल्याण्ड्लाई अग्रता दिलाएका थिए । तर खेलको १८ औँ मिनेटमा ह्यारी केनले गोल गर्दै खेललाई बराबरीमा ल्याए । त्यस्तै ९० औँ मिनेटमा ओल्ली वाटकिन्सल...

सैन्य आधार तालिम सम्पन्न

सैन्य आधार तालिम सम्पन्न
काठमाडौँ । नेपाली सेनाका २६ स्थानहरूमा सञ्चालित सैन्य आधार तालिम समापन भएको छ । तालिम समापनका अवसरमा सैन्य जवानहरूले विभिन्न तालिम केन्द्रहरूमा अन्तिम दलेल कवाजको प्रदर्शनीसँगै ३,१३३ जना पुरुष तथा ७५४ जना महिला गरी कुल ३,८८७ जना सैन्यहरू दीक्षित भएका छन् ।  नं.१ सैन्य तालिम केन्द्र, त्रिशूलीमा बलाधिकृत रथी अशोकराज सिग्देल र नं.२ सैन्य तालिम केन्द्र, सैनामैनामा सैनिक तालिम महानिर्देशक उपरथी श्री...

विराटनगर महानगरपालिकाको पुँजीगत खर्चमा सुधार

विराटनगर महानगरपालिकाको पुँजीगत खर्चमा सुधार
विराटनगर ÷ विराटनगर महानगरपालिकाले पुँजीगत खर्चको क्षमतालाई बढाएको छ । गत आर्थिक वर्ष ५० प्रतिशत पुँजीगत खर्च गरेको महानगरले चालु आर्थिक वर्ष ६५ प्रतिशत खर्च गरेको छ । चालु आर्थिक वर्षका लागि पुँजीगततर्फ महानगरले १ अर्ब ६७ करोड ५१ लाख रुपैयाँ विनियोजन गरेकोमा १ अर्ब ८ करोड ९१ लाख रुपैयाँ खर्च गर्न सफल भएको छ । नियमित अनुगमन, जनप्रतिनिधि, कर्मचारी र निर्माण व्यवसायीबीचको प्रभावकारी समन्वयका कार...

माओवादीको निष्कर्ष- प्रधानमन्त्रीले विश्वासको मत नपाए धारा ७६ को ३ अनुसारनै सरकार बन्छ

माओवादीको निष्कर्ष- प्रधानमन्त्रीले विश्वासको मत नपाए धारा ७६ को ३ अनुसारनै सरकार बन्छ
काठमाडौं । नेकपा माओवादी केन्द्रले प्रधानमन्त्रीले सदनमा विश्वासको मत प्राप्त गर्न नसके नयाँ सरकार संविधानको धारा ७६ को ३ बमोजिम गठन हुने दाबी गरेको छ । बुधबार सिंहदरबारमा बसेको संसदीय दलको बैठकले असार २८ गते विश्वासको मत प्राप्त गर्ने दाबी गर्दै प्रधानमन्त्रीले विश्वासको मत नपाएमा संबिधानको धारा ७६ को उपधारा ३ अनुसारकै सरकार बन्ने निष्कर्ष निकालेको छ ।  बैठकको निर्णय बारे जानकारी दिदै प्रमु...

ओली बिरामी भएपछि मंगलबार स्थगित भएको एमाले सचिवालय बैठक आज बस्दै, यी विषयमा हुनेछ छलफल

ओली बिरामी भएपछि मंगलबार स्थगित भएको एमाले सचिवालय बैठक आज बस्दै, यी विषयमा हुनेछ छलफल
नेकपा एमालेको सचिवालय बैठक आज बस्दै छ । आज बिहान ११ बजे पार्टी कार्यालय च्यासलमा बस्ने गरी सचिवालय बैठक बोलाइएको हो । यसअघि मंगलबार बस्ने गरी सचिवालय बैठक बोलाइएको थियो । तर, अध्यक्ष केपी शर्मा ओलीलाई दाँत दुख्ने समस्याले सताएपछि बैठक स्थगित भएको थियो । आज बस्ने बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा छलफल हुने बताइएको छ । त्यस्तै नेताहरूको नयाँ जिम्मेवारी तोक्ने र सरकारमा सहभागी हुने मन्त...

ताप्लेजुङमा ४.४ म्याग्निच्युडको भुकम्प

ताप्लेजुङमा ४.४ म्याग्निच्युडको भुकम्प
विराटनगर । ताप्लेजुङलाई केन्द्रविन्द बनाएर भुकम्प गएको छ । मध्य राती ताप्लेजुङको तापेथोक आसपास केन्द्रविन्दु भएर भूकम्प गएको हो । आज बुधबार बिहान १.४६ बजेको सममा भुकम्पको धक्का महसुस भएको स्थानीयले बताएका छन् । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार भूकम्पको तिव्रता ४.४ म्याग्निच्युड मापन गरिएको छ । भूकम्पको धक्का आसपासका जिल्लामा पनि महसुस भएको थियो । यसअघि असार १४ गते सिन्धुपाल्चोकको हेलम्बुम...

दाेस्राे केन्द्रबिन्दु प्लस टु एजुकेसन एक्सिलेन्स अवार्डबाट पोखरिया मावि, विराटनगर सम्मानित

दाेस्राे केन्द्रबिन्दु प्लस टु एजुकेसन एक्सिलेन्स अवार्डबाट पोखरिया मावि, विराटनगर सम्मानित
काठमाडौं । केन्द्रबिन्दु अनलाइन मिडिया प्रालिले आयोजन गरेको दोस्रो संस्करणको ‘केन्द्रबिन्दु प्लस टु एजुकेसन एक्सिलेन्स अवार्ड २०८१’ बाट श्री पोखरिया माध्यमिक विद्यालय सम्मानित भएको छ । पोखरिया माविमा अध्ययनरत विद्यार्थीले राष्ट्रिय परीक्षा बोर्डमा ल्याएको उत्कृष्ट नतिजा आधारमा मंगलबार आयोजित उक्त कार्यक्रमबाट सम्मानित गरिएको हो । गुणस्तरीय र प्रयोगात्मक शिक्षालाई जोड दिँदै आएको यस सामुदायिक विद...

गेष्ट हाउसमा वेश्यावृति, प्रेग्नेन्सी टेस्ट बरामद

गेष्ट हाउसमा वेश्यावृति, प्रेग्नेन्सी टेस्ट  बरामद
नाबालिकालाई जबर्जस्ती वेश्यावृतिमा लगाएको आरोपमा दुई जना समातिएका छन् । सिन्धुली घर भइ हाल भक्तपुरको जडिबुटीमा गेष्ट हाउस सञ्चालन गर्दै आएका ३३ वर्षीय वीरबहादुर सिंतान र २५ वर्षीय सुविलाल सिंतानलाई प्रहरीले उक्त आरोपमा पक्राउ गरेको छ । यी दुईले कमजोर आर्थिक अवस्थाका नाबालिकाहरुलाई होटलमा आउने ग्राहकसँग जबर्जस्ती यौन सम्बन्ध राख्न बाध्य पारेको प्रहरीले जनाएको छ । होटल सञ्चालकले शुरुमा ग्रा...