राप्रपा नेपालको आगामी फागुनमा राष्ट्रिय महाधिवेशन गर्ने

राप्रपा नेपालको आगामी फागुनमा राष्ट्रिय महाधिवेशन गर्ने
काठमाडौं । राप्रपा नेपालले आगामी फागुन ७ देखि ९ गतेसम्म काठमाडौँमा राष्ट्रिय महाधिवेशन गर्ने निर्णय गरेको छ । जेठ ३१ र ३२ गते बसेको केन्द्रीय कार्यसमितिको बैठकले महाधिवेशनको मिति तोकेको हो । बैठकमा अध्यक्ष कमल थापाले प्रस्तुत ‘समसामयिक परिस्थिति र राप्रपा नेपालको कार्यदिशा र कार्यक्रम’ पारित गरेको छ । त्यस्तै बैठकले महङ्गी भ्रष्टाचारबिरुद्ध देशव्यापीरुपमा अभियान सञ्चालन गर्ने निर्णय गरेको छ ...

जापानको नेवाः वगैंचामा पुष्प मेला

जापानको नेवाः वगैंचामा पुष्प मेला
काठमाडौं । जापानमा २ महिने “लेक हामाना हानाहाको पुष्प मेला २०२४ सम्पन्न भएको छ । ५६ हजार हेक्टर जमिनले ओगटेको नेवाः (नेवार) बगैँचामा मेला भएको हो । बगैंचालाई चारैतर्फबाट उत्तिकै क्षेत्रफल भएको तालले घेरिएको छ । निकै मनमोहक र सफा पानी देखिने यस तालले हामाना हानाहाको पुष्प मेलालाई समेत सुन्दर देखाएको थियो । लेक हामाना हानाहाको पुष्प मेला २०२४ नेवाः बगैंचाका व्यवस्थापक ३४ वर्षदेखि जापान बस्दै आएका प्...

गायक रोशन राई (पालुवा स्टार)को ‘दुई थुङ्गा फूल’ सार्वजनिक (भिडियो)

गायक रोशन राई (पालुवा स्टार)को  ‘दुई थुङ्गा फूल’ सार्वजनिक  (भिडियो)
काठमाडौं ।गायक तथा संगीतकार रोशन राई (पालुवा स्टार)को नयाँ गीत 'दुई थुङ्गा फूल' सार्वजनिक भएको छ। राई काजी चाम्लिंङको शब्द ,संगीत र लोकेश चाम्लिंङको एरेन्ज रहेको गीतलाई गायक रोशनकै युट्युब च्यानल मार्फत रिलिज गरिएको हो । हसन राइको प्रस्तुतीमा बनेको गीतको भिडियोमा कलाकारहरु जीवन भट्टराई र समापिका गौतम अभिनय रहेको छ । बियोगान्त प्रेमकथा देखाइएको भिडियोमा लक्ष्मी बर्देवाको कन्सेप्ट र जीवन भट्ट...

गायक टेकेन्द्र रोकायाको स्वरमा ‘पारु‘ सार्वजनिक

गायक टेकेन्द्र रोकायाको स्वरमा ‘पारु‘ सार्वजनिक
काठमाण्डौं । गायिका रेखा जोशी र गायक टेकेन्द्र रोकायाको स्वरमा रहेको ‘पारु‘ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । प्रकाश रोकायाको शब्द तथा ललित हमालको संगीत रहेको गीतलाई विशाल निरौलाले एरेन्ज गरेका हुन । उमेश साउदको छायाँकन , उमेश साउद र एवी डिजाइनको सम्पादन तथा मदन खड्काको निर्देशनमा भिडियो तयार गरिएको हो । ‘पारु‘ गीतमा कोपिला सिंह ठकुरी , मोहन मुस्कान , रविन मुस्कान एस के , गंगा थापा मगरको फ...

प्रधानमन्त्रीद्वारा ४०० केभीको तेस्रो ठूलो हेटौंडा सबस्टेसन उद्घाटन

प्रधानमन्त्रीद्वारा ४०० केभीको तेस्रो ठूलो हेटौंडा सबस्टेसन उद्घाटन
हेटौंडा । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ४०० केभीको तेस्रो ठूलो हेटौंडा सबस्टेसन उद्घाटन गरेका छन् । नेपाल विद्युत प्राधिकरणले आज यहाँ आयोजना गरेको एक कार्यक्रममा प्रधानन्त्रीले मकवानपुरको हेटौंडा उपमहानगरपालिका–११ थानाभर्‍याङमा ४०० केभी निर्मित सो सबस्टेसन उद्घाटन गरेका हुन् । ग्याँस इन्सुलेटेड प्रणाली (जिआइएस) प्रविधिमा आधारित स्वचालित नेपालको तेस्रो ठूलो ४०० केभी हेटौंडा सबस्टेसन न...

खुला सीमा थप व्यवस्थापन गर्नुपर्नेमा जोड

खुला सीमा थप व्यवस्थापन गर्नुपर्नेमा जोड
जनकपुरधाम । नेपाल र भारतबीचको सम्बन्ध अझ सुमधुर तथा यथावत राख्न खुला सीमालाई वैज्ञानिक तरिकाले व्यवस्थापन गर्नु पर्नेमा एक कार्यक्रमका वक्ताहरुले जोड दिएका छन् । नेपाल–भारत खुला सीमा संवाद समूह सिरहाले बिहीबार सिरहामा आयोजना गरेको ‘नेपाल–भारत खुला सीमा सुमधुर सम्बन्धको आधारशिला’ विषयक अन्तरक्रिया कार्यक्रमका वक्ताहरुले सीमा थप व्यवस्थापन गर्नुपर्ने बताएका हुन् । संवाद समूहका केन्द्रीय अध्यक्...

फिस्लिङ दुर्घटना: कार चालकको उपचारको क्रममा मृत्यु

फिस्लिङ दुर्घटना: कार चालकको उपचारको क्रममा मृत्यु
चितवन । पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना–३ फिस्लिङ बजार नजिकै शुक्रबार  बिहान भएको सवारी दुर्घटनामा परी घाइते भएका कार चालकको मृत्यु भएको छ । दुर्घटनामा कार चालक कास्कीको पोखरा महानगरपालिका–५ का ३५ वर्षीय समीर ओझाको उपचारका क्रममा पुरानो मेडिकल कलेज भरतपुरमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । बाँकेको नेपालगञ्जबाट काठमाडौँतर्फ गइरहेको भे १ ख ४०६० नम्बरको यात्रुबा...

झापामा दुई नावालक छोरासहित आमा मृत फेला

झापामा दुई नावालक छोरासहित आमा मृत फेला
झापा । झापाको शिवसताक्षी नगरपालिका वडा नं ३ भोटेपुलमा आज बिहान एकै घरका दुई बालकसहित तीनजना मृत फेला परेका छन् । सुजन बेस्राकी श्रीमती २५ वर्षीया अन्जली बेस्रा , उनका छोराहरु ९ वर्षका बिशाल बेस्रा र ३० महिनाका आयुष बेस्रा मृत फेला परेका हुन् । अन्जली झुन्डिएको अबस्थामा फेला परेकी छन् । आफ्ना दुई छोरालाई विष सेवन गराई हत्या गरेपछि उनले आत्महत्या गरेको हुनसक्ने आशंका गरिएको छ । प्रहरी टोलीले घ...

एन एम वि बैंक विराटनगरको आयोजनामा रक्तदान सम्पन्न

एन एम वि बैंक विराटनगरको आयोजनामा रक्तदान सम्पन्न
विराटनगर , जेष्ठ ३२ एन एम वि बैंक विराटनगरले विश्व रक्तदाता दिवसको अबसरमा नेपाल रेडक्रस सोसाइटी विराटनगरसँगको सहकार्यमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । बैंकको विराटनगर शाखामा आयोजना गरिएको कार्यक्रममा बैंकका कर्मचारीहरूको उत्साहप्रद सहभागिता रहेको थियो। रक्तदान कार्यक्रममा कूल ३७ जना रक्तदाताले रक्तदान गरेको कार्यक्रममा बैंकका कर्मचारी तथा सेवाग्राही एवम् रक्तदाताको उल्लेखिय सहभागिता रहेक...

१० जना प्रहरी अधिकृतहरूलाई दर्ज्यानी चिन्हद्वारा सुशोभित

१० जना प्रहरी अधिकृतहरूलाई दर्ज्यानी चिन्हद्वारा सुशोभित
काठमाडौं । प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले हालै पदोन्नति भएका १० जना प्रहरी अधिकृतहरूलाई दर्ज्यानी चिन्हद्वारा सुशोभित गरेका छन् । नेपाल प्रहरी प्रधान कार्यालयमा बिहीबार आयोजित विशेष समारोहबीच प्रहरी महानिरीक्षक कुँवरले उहाँहरूलाई दर्ज्यानी चिन्हद्वारा सुशोभन गरेका हुन् । नेपाल सरकार उपप्रधानमन्त्री एवम् गृहमन्त्रीस्तरको २०८१ जेठ २९ गतेको निर्णयअनुसार प्रहरी उपरीक्षकबाट प्रहरी वरिष्ठ उप...