ठगिनबाट जागिन उपभोक्ता आफैं जागरुक र सचेत हुनुपर्छ ः मेयर कोइराला
विराटनगर ÷ विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले सामान खरिद गर्दा ठगिनबाट जोगिन उपभोक्ता आफैं जागरुक र सचेत हुनु आवश्यक रहेको बताउनुभएको छ ।
राष्ट्रिय उपभोक्ता मञ्च मोरङ महिला समिति विराटनगरले आयोजना गरेको एकदिने उपभोक्ता सचेतना प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै मेयर कोइरालाले सचेत र जागरुक उपभोक्ताको खाँचो रहेको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, ‘जबसम्म उपभोक्ता आफैं सचेत हुँदैन तबसम...














