डा. शर्माको गीत ‘उड्यो चरी’ सार्वजनिक
काठमाडौं । डा. अच्युत शर्माको नयाँ गीत सार्वजनिक भएको छ । ‘उड्यो चरी’ बोलको गीत उनले युट्युब च्यानलमार्फत् सार्वजनिक गरेका हुन् ।
शर्माको शब्दरचना रहेको गीतमा प्रवीण बेड्वालको स्वर छ । राजेश थापाको संगीत रहेको छ । गीतको लिरिकल भिडियो तयार गरिएको छ । लिरिकल भिडियो सम्पादन विनोद बमले गरेका छन् ।
गीतले देश प्रेमको कथा बोलेको छ । परदेशिन बाध्य नेपाली र त्यसको कारण के हो गीतले प्रश्न गरेको छ । ...













