बर्गर हाउस अगाडि समातिएका वडाध्यक्षविरुद्ध अदालतमा मुद्दा
घुससहित रंगेहात समातिएका काभ्रेको बनेपा नगरपालिका-९ का वडाध्यक्ष नृपेश बादेविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज विशेष अदालतमा मुद्दा दर्ता गरेको हो । आयोगको टंगालबाट खटिएको टोलीले गत माघ ३ गते उनलाई भक्तपुरको मध्यपुर थिमी नगरपालिका–३, गठ्ठाघर चोकस्थित बर्गर हाउसअगाडिबाट १५ लाख घुससहित नियन्त्रणमा लिएको थियो ।
वडाध्यक्ष बाडेको साथबाट बा ७ च १२९ नम्बर...













