चलचित्र ‘खजुरे ब्रो’ को औपचारिक घोषणा

चलचित्र ‘खजुरे ब्रो’ को औपचारिक घोषणा
काठमाडौँ। निर्देशक सुरज सुनुवारको निर्देशनमा बन्न लागेको चलचित्र ‘खजुरे ब्रो’ को औपचारिक घोषणा गरिएको छ। दिब्य दृश्य इन्टरटेन्टमेन्टको ब्यानरमा बन्न लागेको चलचित्रको युनिटले बंगलामुखी मन्दिर पुगेर शुभ साइत गरेको छ। कमेडी जनरामा बन्ने चलचित्रको लेखन पनि स्वयम् निर्देशक सुनुवारको रहेको छ। सुनुवारले ८ बर्ष अघि चलचित्र ‘षडङ्ग’को निर्देशन गरेका थिए। चलचित्र ‘खजुरे ब्रो’उनको कमब्याक चलचित्र हुनेछ। नब...

समीक्षा र प्रवीणको आवाजमा मलाई तिम्रो मुटुसरी

समीक्षा र प्रवीणको आवाजमा मलाई तिम्रो मुटुसरी
काठमाडौं । गायक प्रवीण बेडवाल र गायिका समीक्षा अधिकारीको स्वरमा रहेको गीत ‘मलाई तिम्रो मुटु सरी’ को भिडियो सार्वजनिक भएको छ । सार्वजनिक गीतमा कपिल भट्टको शब्द, अर्जुन पोखरेलको संगीत, आदेश गुर्माचनको एरेन्ज र नरेश बिसीको मिक्सिङ तथा मास्टरिङ छ । गीतको भिडियोमा गरिश्मा शर्मा र कपिल भट्ट फिचर्ड छन् । भिडियोमा एक विवाहित जोडीको कृषि कर्मलाई देखाइएको छ । निकेश खड्काको कथा, कन्सेप्ट र निर्देशन रहेको...

चेलिबेटी बेचबिखनसम्बन्धी हरिवंशको नयाँ गीत ‘हिड माया हिड’

चेलिबेटी बेचबिखनसम्बन्धी हरिवंशको नयाँ गीत ‘हिड माया हिड’
काठमाडौं– हास्य कलाकार हरिवंश आचार्यले नयाँ चेलबेटी बेचबिखनसम्बन्धी गीत ल्याएका छन् । यसअघि चेलबेटी बेचबिखनकै विषयमा ‘कर्कलो कोक्याउला’ र ‘काउली’ गीत गाएका आचार्यले अहिले ‘हिड माया हिड’ बोलको गीत ल्याएका हुन् । माइती नेपालको प्रस्तुतिमा बनेको यो गीतमा हरिवंशकै शब्द र संगीत छ । स्वरमा उनलाई गायिका स्मिता दाहालले साथ दिएकी छिन् । ‘यो चेलिबेटी बेचबिखनसम्बन्धी जनचेतनामुलक गीत हो,’ गीतबारे हरिवंशले ...

शैक्षिक कल्याणकारी कोषद्वारा अध्यक्ष र विद्यार्थी पनि सम्मानित

शैक्षिक कल्याणकारी कोषद्वारा अध्यक्ष र विद्यार्थी पनि सम्मानित
पोखरा, मङ्सिर २९ गते । माध्यमिक विद्यालय शैक्षिक कल्याणकारी कोष, कास्कीले रुपिन्द्र प्रभावी जोशी र रवीन्द्रनाथ भट्टराईलाई यस वर्षको उत्कृष्ट प्रधानाध्यापक सम्मान प्रदान गरेको छ । शुक्रबार पोखरामा आयोजित कोषको १२ औँ साधारणसभामा शिवालय माध्यमिक विद्यालय, रूपा–२, कास्कीका प्रधानाध्यापक जोशी र लक्ष्मीआदर्श माध्यमिक विद्यालय, पोखराका प्रधानाध्यापक भट्टराईलाई जनही ५ हजार रुपियाँ नगद, सम्मानपत्र र दोसल्...

चर्चित गायक प्रकाश सपुतको भाइ देवेन्द्र बब्लुको मदानी सार्वजनिक

चर्चित गायक प्रकाश सपुतको भाइ देवेन्द्र बब्लुको मदानी सार्वजनिक
‘ए रमा’ गीतले निकै चर्चा बटुलेका गायक राजकुमार साशंकरले नयाँ गीत लिएर आएका छन् । गायक राजकुमार साशंकरको 'मदानी' बोलको गीतको भिडियो बिहीबार सार्वजनिक भएको छ। उक्त गीतमा गायक राजकुमार साशंकरलाई स्वरमा गायिका राधा गुरुङले साथ दिएकी छिन्। मदानी गीतको भिडियो राजकुमार साशंकर यूट्यूब च्यानलबाट सार्वजनिक भएको हो। जीवन विश्वकर्माको शब्द रहेको उक्त गीतमा संगीत राजकुमार साशंकरकै छ । गीतको भिडियोमा ...

काठमाण्डाैमा निषेधित क्षेत्र ताेडेकाे आराेपमा अभियन्ता पक्राउ

काठमाण्डाैमा निषेधित क्षेत्र ताेडेकाे आराेपमा अभियन्ता पक्राउ
काठमाण्डाै – काठमाण्डौमा निषेधित क्षेत्र तोडेको आरोपमा प्रहरीले केही अभियन्तालाई पक्राउ गरेको छ । सरकारले माइतीघर क्षेत्रलाई प्रदर्शन गर्न नपाउने गरी निषेधित क्षेत्र तोकेपछि नागरिकले विरोध प्रदर्शन गर्ने पाउने अधिकार कुण्ठित भएको भन्दै अभियन्ताले विरोध गर्दै आएका छन् । आज शुक्रवार भएको विरोधका क्रममा नागरिक अभियन्ता पक्राउ परेका हुन् । भद्रकालीमा जम्मा भएर माइतीघरतर्फ जान खोज्दा प्रहरीले उनीहरू...

हायत होटलमा श्रृंखला खतिवडाको ‘मेहेन्दी समारोह’

हायत होटलमा श्रृंखला खतिवडाको ‘मेहेन्दी समारोह’
काठमाडौं : पूर्वमिस नेपाल श्रृंखला खतिवडाको मंगलबार (आज) ‘मेहेन्दी समारोह’ चलाएकी छन्। बिहीवार विवाहको तयारीमा रहेकी श्रृंखलाको ‘मेहेन्दी सेरेमोनी’ चलेको हो । जहाँ उनको समारोहमा पूर्वमिस नेपालहरु समेत पुगेका छन्। काठमाडौंको हायात होटलमा श्रृंखलाको सेरेमोनी चलिरहेको छ । त्यहाँबाट सार्वजनिक तस्विरमा श्रृंखलाले हातमा आकर्षक मेहेन्दी लगाएकी छन्। मरुन रङको लेहंगामा श्रृंखलाले फोटो सुट गराएकी छन्।...

नक्कली कागजपत्र बनाएर भिजिट भिसामा विदेश पठाउने गिराेहका ३२ जना पक्राउ

नक्कली कागजपत्र बनाएर भिजिट भिसामा विदेश पठाउने गिराेहका ३२ जना पक्राउ
काठमाण्डाै – नक्कली कागजपत्र बनाएर भिजिट भिसामा विदेश पठाउने गिरोहका ३२ जना पक्राउ परेका प्रहरीले जनाएको छ । नक्कली कागजपत्र बनाएर भिजिट भिसामा विदेश पठाउने गिरोहमा संलग्न ट्राभल एजेन्सी सञ्चालक र सरकारी कर्मचारी गरी अहिलेसम्म ३२ जनालाई पक्राउ गरेको काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयले आज बुधवार पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी वर...

जनकपुरमा ३ दिनसम्म जाँड–रक्सी, माछामासु बिक्री गर्न रोक

जनकपुरमा ३ दिनसम्म जाँड–रक्सी, माछामासु बिक्री गर्न रोक
धनुषा – जनकपुरधाममा श्रीसीताराम विवाह पञ्चमी महोत्सवको अवसरमा तीन दिनसम्म जाँड–रक्सी र माछामासु बिक्री गर्न राेक लगाइएको छ । जिल्ला प्रशासन कार्यालय धनुषाले आज मङ्गलवार सूचना जारी गर्दै मङ्सिर २८ गते राति १२ बजेदेखि पुस १ गते राति १२ बजेसम्म जाँड–रक्सी र माछामासुको बिक्री गर्न रोक लगाएको हो । सप्ताहव्यापी विवाह पञ्चमी महोत्सवलाई सुरक्षित, मर्यादित र सौहार्दपूर्ण वातावरणमा मनाउनका लागि जिल्ला सु...

तस्करीको सुन भित्रिरहँदा सुन व्यवसायीलाई चाहिँ सधैँ अभाव

तस्करीको सुन भित्रिरहँदा सुन व्यवसायीलाई चाहिँ सधैँ अभाव
पछिल्लो एक हप्तामा काठमाण्डौका विभिन्न ठाउँबाट करिब ३० किलो सुन समातियो । विमानस्थलबाट २१ किलो, न्युरोडको सुनचाँदी पसलबाट ७ किलो र नागढुङ्गा नाकाबाट २ किलो गरेर ३० किलो सुन समातिएको हो । यसभन्दा अघि पनि ३३ किलो तथा ६० किलो अवैध सुन विमानस्थलबाट बरामद भइसकेको छ । यसरी बारम्बार ठूलो परिमाणमा अवैधरुपमा सुन बरामद भैरहँदा वैध बाटोबाट ल्याउन भने सधैँ समस्या हुने गरेको छ । नेपालमा वैधरुपमा सुन ल्याउने...