दक्षिण एसिया अन्तर्राष्ट्रिय पुस्तक प्रर्दशनी मंसिर ५ गतेदेखि

दक्षिण एसिया अन्तर्राष्ट्रिय पुस्तक प्रर्दशनी मंसिर ५ गतेदेखि
काठमाडौं : दक्षिण एसिया अन्तर्राष्ट्रिय पुस्तक प्रदर्शनी मंसिर ५ गतेदेखि काठमाडौंमा हुने भएको छ। नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै मंसिर ५ देखि ९ गतेसम्म काठमाडौंको भृकुटिमण्डपमा प्रदर्शनीको आयोजना गरिएको जानकारी गराएको हो। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्ने प्रदर्शनीमा दक्षिण एसियाली क्षेत्रका राष्ट्र लगायत चीन अमेरिका ...

छोरो सकुशल ल्याइदिनु पर्‍यो भन्दै विपिनका बा-आमाले भेटे परराष्ट्रमन्त्री

छोरो सकुशल ल्याइदिनु पर्‍यो भन्दै विपिनका बा-आमाले भेटे परराष्ट्रमन्त्री
महेन्द्रनगर । विद्रोही हमास समूहको नियन्त्रणमा रहेका कञ्चनपुरका विपिन जोशीका बुबाआमाले उनको रिहाइका लागि पहल गरिदिन परराष्ट्रमन्त्री एनपी साउदसित आग्रह गरेका छन् । मन्त्री साउदलाई आज महेन्द्रनगरमा भेटेर विपिनका बुबा महानन्द जोशी र आमा पद्मा जोशीले त्रिचालिस दिनदेखि हमासको नियन्त्रणमा रहेका विपिनको रिहाइको पहलका लागि आग्रह गरेका हुन् । ‘चाँडोभन्दा चाँडो छोराको रिहाइका लागि नेपाल सरकारले पहल...

आजको राशिफल : वि.सं. २०८० मङ्सिर १ गते शुक्रवार : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

आजको राशिफल : वि.सं. २०८० मङ्सिर १ गते शुक्रवार : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य
मेष– आर्थिक क्रियाकलापमा राम्रै फाइदा उठ्न सक्छ। बौद्धिक क्षेत्रमा राम्रो उपलब्धि प्राप्त हुनेछ। बोलीको भरमा काम सम्पादन हुन सक्छ। राम्रै आम्दानी हुने रोजगारीको अवसर मिल्न सक्छ। बेसुरमा अरूलाई दिएको वचनले अप्ठ्यारोमा पार्न सक्छ . पढाइलेखाइमा प्रगति गर्न नसकिने र व्यापारमा समेत सोचेको फाइदा नउठ्ने देखिन्छ। नयाँ काममा हात हाल्न केही समय पर्खनुहोला। वृष– गरेका कामबाट धेरैलाई फाइदा पुग्नेछ। सहयोगीह...

फिफा विश्वकप छनोट : नेपाल यूएईसँग खेल्दै

फिफा विश्वकप छनोट : नेपाल यूएईसँग खेल्दै
काठमाडौं । फिफा विश्वकप २०२६ एसिया छनोटअन्तर्गत दोस्रो चरणको पहिलो खेलमा आज नेपालले यूएईसँग खेल्दैछ । दुबईस्थित अल माक्तुम स्टेडियममा नेपालको समयअनुसार राति साढे ९ बजे खेल सुरु हुनेछ । प्रि म्याच कन्फरेन्समा बोल्दै नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक भिन्चेन्सो अल्बर्तो एनेसले फिफा विश्वकप छनोट खेलका लागि राम्रो तयारी गरेको बताए । भिन्चेन्सोले यूएई समूहकै बलियो टोली भएपनि आफू नडराएको प...

किन भयो चलचित्र ‘दिमाग खराब’को प्रदर्शन स्थगित गर्ने घोषणा?

किन भयो चलचित्र ‘दिमाग खराब’को प्रदर्शन स्थगित गर्ने घोषणा?
काठमाडौं- हलहरुले कम शो दिएको भन्दै चलचित्र दिमाग खराब निर्माण टोलीले चलचित्र प्रदर्शन रोक्ने घोषणा गरेको छ। बिहीबारसम्म पनि भारतीय चलचित्रहरु बराबर शो नदिए शुक्रबारदेखि चलचित्र प्रदर्शनमा रोक लगाउने निर्णय भएको निर्देशक निश्चल बस्नेतले बताए। ‘उत्साहका साथ मानिसहरु आइरहनु भए पनि कम शोमा चित्त बुझाउनुपर्ने ?’, बस्नेतले फेसबुक लाइभ गर्दै भनेका छन्, ‘जबसम्म हाम्रो लगानी सुरक्षित गर्ने वातावरण पा...

भाइटीकाको साइत भोलि बिहान १०:५१ बजे

भाइटीकाको साइत भोलि बिहान १०:५१ बजे
काठमाडौं । नेपाल पञ्चांग निर्णायक विकास समितिले यस वर्षको भाइटीकाको शुभ साइत भोलि (बुधबार) १०:५१ बजे शुभ रहेको जनाएको छ । भाइटीकाका दिन दिनभर दिदीबहिनीका हातबाट टीका लगाउन शुभ रहे पनि साइत खोज्नेका लागि १०:५१ बजेको साइत दिइएको समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुंगेलले जानकारी दिए । यस वर्षको यमपञ्चक अर्थात् तिहार कात्तिक २५ गते शनिबारदेखि सुरु भएको छ । तिहार पाँच दिनसम्म मनाउने गरिन्छ ...

आजदेखि नेपाल संवत् ११४४ शुरु, नेवार समुदायले नयाँ वर्षका रुपमा मनाउँदै

आजदेखि नेपाल संवत् ११४४ शुरु, नेवार समुदायले नयाँ वर्षका रुपमा मनाउँदै
काठमाण्डाै - आजदेखि नेपाल संवत् ११४४ शुरु भएको छ । आज देशभर विविध कार्यक्रम गरी नेपाल संवत् मनाइँदैछ । यस संवतलाई नेवार समुदायले नयाँ वर्षका रुपमा मनाउने गरेका छन् । राष्ट्रिय विभूति शङ्खधर साख्वाले विसं ९३७ सालमा गरिब नागरिकको ऋण मोचन गरी नेपाल संवतकाे शुरुवात गर्नु भएको थियो । नेपाल संवतले पृथ्वीनारायण शाहको शासनकालसम्म राष्ट्रिय संवतकाे मान्यता पाएको लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकु...

तिहारको तेस्रो दिन आज गाई तिहार

तिहारको तेस्रो दिन आज गाई तिहार
तिहारको तेस्रो दिन आज गाईपूजा गरिँदैछ । कात्तिक कृष्ण औंसीको दिन गाई तिहार मनाईंदैछ । हिन्दूहरुले परापूर्वकालदेखि नै गाईलाई पवित्र मानेर पूजाआजा गर्दै आएका छन् । गाईको दूध, गहुँत र गोबर पवित्र हुने भएकाले पूजा गर्ने गरिएको धार्मिक विश्वास छ । आजको दिनलाई गाई तिहार पनि भनिन्छ । कुनै पनि धार्मिक वा सामाजिक संस्कार गर्नुअघि गाईको गोबरले घर, आँगन लिपपोत गर्ने, गहुँत सबैतिर छर्केर आफ्ना घर, को...

पद्मा लिंखा मगरको शब्दमा ’भुईँ सोरी’ सार्वजनिक

पद्मा लिंखा मगरको शब्दमा ’भुईँ सोरी’ सार्वजनिक
काठमाडौं । गीतकार तथा समाजसेवी पदमा लिंखा मगरको शब्द सिर्जनामा रहेको मौलिक पुर्वेली लोकभाकामा आधारित`भूईँ सोरी´ गीतको भिडियो सार्वजनिक भएको छ । सार्वजनिक गीतमा अनु चौधरी र न्युसन राईले स्वर दिएका छन । शान्तिराम राईको संगीत तथा देवेश राईको संगीत संयोजन गीतमा रहेको छ । प्रेमील मायालु जोडि बीचको प्रेमका सम्वादहरुलाई गीतमा समेटिएको छ । याक्खा जातिहरुको पहिचान र कला र संस्कृतिलाई गीतमा उत्कृष्ट ढंगबा...

‘दोधारा चाँदनी’ फिल्म बनाउने नवल खड्काको घोषणा

‘दोधारा चाँदनी’ फिल्म बनाउने नवल खड्काको घोषणा
काठमाडौं- नवल खड्काले नयाँ फिल्म बनाउने भएका छन्। लक्ष्मीपूजाको अवसरमा खड्काले फेसबुकमार्फत ‘दोधारा चाँदनी’ शीर्षकको फिल्म बनाउने घोषणा गरेका हुन्। यो फिल्म कञ्चरपुर जिल्लाको महाकालीकापारिको नेपाल दोधारा चाँदनीको कथामा बन्नेछ। भारतले दोधराचाँदनीमा गरेको सीमा अतिक्रमणदेखि त्यहाँका जनताहरुले भोग्नुपरेको व्यथालाई फिल्ममा देखाइनेछ। सामना फिल्म्स प्रालिको ब्यानरमा निर्माण हुने यो फिल्मको खड्का ...