काठमाडौं : दक्षिण एसिया अन्तर्राष्ट्रिय पुस्तक प्रदर्शनी मंसिर ५ गतेदेखि काठमाडौंमा हुने भएको छ।

नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै मंसिर ५ देखि ९ गतेसम्म काठमाडौंको भृकुटिमण्डपमा प्रदर्शनीको आयोजना गरिएको जानकारी गराएको हो।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्ने प्रदर्शनीमा दक्षिण एसियाली क्षेत्रका राष्ट्र लगायत चीन अमेरिका लगायत १५ भन्दा बढी देशका प्रकाशक, उत्पादक तथा वितरकहरूको सहभागिता रहने सघंका महासचिव शिवसागर शर्माले जानकारी दिए। प्रदर्शनीको १५ लाखले अवलोकन गर्ने अपेक्षा रहेको उनले बताए।

महोत्सवले दक्षिण एसियाली राष्ट्रहरूबीच शिक्षा, साहित्य, संस्कृति र सञ्चार आदानप्रदानको माध्यमबाट समेत आपसी सम्बन्ध प्रगाढ बनाउनमा महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास आयोजकले लिएको छ।

तपाईको प्रतिक्रिया