शर्लिन चोपडाले साजिद खानमाथि लगाइन् यौन उत्पीडनको आरोप, जेल पठाउन माग गरिन्

शर्लिन चोपडाले साजिद खानमाथि लगाइन् यौन उत्पीडनको आरोप, जेल पठाउन माग गरिन्
काठमाडौं । बलिउड अभिनेत्री शर्लिन चोपडाले फिल्म निर्माता साजिद खानविरुद्ध यौन उत्पीडनको उजुरी दिएकी छन् । उनले भनिन् कि केही दिन पहिले फिल्म निर्माता साजिद खान विरुद्ध मुम्बईको जुहु पुलिस स्टेशनमा उजुरी दर्ता भएको थियो। उनले सन् २००५ मा आफूमाथि दुर्व्यवहार भएको पीडादायी घटना सार्वजनिक गर्न यस्तो गरेको बताइन् । समाचार एजेन्सी एएनआईका अनुसार उनले भनिन्, ‘त्यतिबेला मसँग साजिद खानजस्ता ठूला नामविरु...

गठबन्धनले चुनाव जिते देश श्रीलंकाभन्दा खराब अवस्थामा पुग्छ: कमल थापा

गठबन्धनले चुनाव जिते देश श्रीलंकाभन्दा खराब अवस्थामा पुग्छ: कमल थापा
हेटौंडा । नेकपा एमालेको तर्फबाट मकवानपुर क्षेत्र नम्बर १ का उम्मेदवार कमल थापाले एमालेले नजिते देशको अवस्था श्रीलंकाभन्दा खराब हुने दाबी गरेका छन् । राप्रपा नेपालका अध्यक्ष थापाले एमालेको जीतले मात्र मुलुक समृद्ध बन्नसक्ने दावी गरेका हुन् । हेटौंडा उपमहानगरपालिका वडा नम्बर ५ मा भएको चुनावी कार्यक्रममा बोल्दै थापाले पाँचदलीय गठबन्धनको सरकारसँग देश चलाउने कुनै पनि भिजन र इच्छाशक्ति नभएको औंल्...

सन्दीपविरुद्ध आज अदालतमा मुद्दा दर्ता हुँदै

सन्दीपविरुद्ध आज अदालतमा मुद्दा दर्ता हुँदै
काठमाडौं : नाबालिग (किशोरी) लाई बलात्कार गरेको आरोपमा प्रहरी हिरासतमा रहेका क्रिकेटर सन्दीप लामिछानेविरूद्ध सरकारी वकिलको कार्यालय काठमाडौंले अदालतमा मुद्दा दर्ता गर्ने तयारी गरेको छ। सोमबार काठमाडौं जिल्ला अदालतमा उनीविरूद्ध मुद्दा दर्ता गर्न लागिएको हो। जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त गौशालाले उनीविरूद्ध अनुसन्धान सकेर कात्तिक ४ गते नै सरकारी वकिल कार्यालयमा अनुसन्धान प्रतिवेदन बु...

दार्चुलामा भारतीयले नेपाली बालक मारेको प्रकरणमा १६ लाख दिएर सल्टियो

दार्चुलामा भारतीयले नेपाली बालक मारेको प्रकरणमा १६ लाख दिएर सल्टियो
धनगढी । दार्चुलामा सडक निर्माणका क्रममा खसेको ढुङ्गा लागेर एक बालकको मृत्यु भएको घटनामा भारतीय पक्षले क्षतिपूर्ति वापतको रकम दिएको छ। व्यास गाउँपालिका–२ का १२ वर्षीय पवन महराको मृत्यु भएको घटनामा भारतीय पक्षले क्षतिपूर्ति दिएको हो। शनिबार धार्चुलास्थित एसडिएम कार्यालयमा नेपाली प्रशासन र दार्चुलाका जनप्रतिनिधि समेतको टोलिसंगको छलफलपछि तावाघाट–लिपुलेक सडक निर्माण गरिरहेको गर्ग एन्ड गर्ग कम्पनीले ...

मनकामना दर्शनका लागि गएको बस दुर्घटनामा मृत्यु भएका पाँचै जनाको सनाखत

मनकामना दर्शनका लागि गएको बस दुर्घटनामा मृत्यु भएका पाँचै जनाको सनाखत
काठमाडौं । मनकामना दर्शनको लागि गएको बस दर्शनार्थी चढेको बस दुर्घटनामा मृत्यु भएका पाँच जनाकै सनाखत भएको छ । पाल्पाको रम्भा गाउँपालिका १ हुँगीबाट मनकामना जाँदै गरेको ना ६ ख ७५८० नम्बरको बस नवलपरासी पूर्व नवलपुरको बुलिङटारमा आज बिहान करिब चार बजेतिर दुर्घटना भएको हो । दुर्घटनामा रम्भा गाउँपालिका १ का ४१ वर्षीय तारा विक, १७ वर्षीय विनय विक, ६२ वर्षीया धनी विक, ५८ वर्षीया देवी गाहा र स्याङ्जाको गल...

हरिवंश आचार्यको घरमा बालेनको देउसी

हरिवंश आचार्यको घरमा बालेनको देउसी
काठमाडौं, ९ कात्तिक काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले वरिष्ठ अभिनेता हरिवंश आचार्यको घरमा देउसी खेलेका छन् । उनी फिल्म ‘महापुरूष’ ले आयोजना गरेको देउसीभैलो कार्यक्रममा नजिकका साथीहरूसँग अभिनेता आचार्यको निवासमा पुगेका थिए । उनले त्यहाँ आफू मेयरभन्दा पनि साथीभाइ बनेर देउसी खेल्न आएको बताए । र्यापर बालेनले लोकभाकामा भट्याउँदै गर्दा अभिनेता आचार्यसहित फिल्मका निर्माता म्याक्स दिपेश खत्र...

पुष्पाञ्जली र जीवन अभिनित पालाम ‘निङवासुम ८’को छायांकन सम्पन्न

पुष्पाञ्जली र जीवन अभिनित पालाम ‘निङवासुम ८’को छायांकन सम्पन्न
कातिक ८, दमक । निर्देशक हाङ चेम्जोङको निर्देशनमा पालाम ‘निङवासुम ८’कोे छायांकन सम्पन्न भएको छ । गायीका दुर्गा तुम्सा र गायक सुमन लिम्बूको आवाजमा दुर्गा तुम्साको लय संकलन रहेको रीता फोम्बो ठुलीको पालाम ‘निङवासुम ८’को छायांकन सम्पन्न भएको हो । धनकुटा र तेह्रथुममा छायांकन गरिएको पालाममा पुष्पाञ्जली तिलिङ, जिबन केदेम, रिता फोम्बो ठुली, शैलेन्द्र नाल्बो, रबि किरण, सीता फोम्बो, हरिकुमारी लिम्ब...

‘भैलो खेल्न जाँदा मान्छे ननिस्कने घरमा बलिरहेको दियो नै निभाइदिन्थ्यौं’

‘भैलो खेल्न जाँदा मान्छे ननिस्कने घरमा बलिरहेको दियो नै निभाइदिन्थ्यौं’
बाल्यकाल तथा युवावस्थामा बिताएको तिहार सम्झिंदा एकदमै रमाइलो लाग्छ । त्यो बेलाको सानो सानो कुरा सम्झिंदा पनि आनन्द आउँछ । हामी चार जना दिदीबहिनी र एक भाइको असाध्यै रहर लाग्ने झन् तिहार आएपछि त भाइ भएको भए कति रमाइलो हुन्थ्यो जस्तो लाग्ने । त्यसैले आमालाई भाइ चाहियो भनेर जिद्दी गथ्यौं । पछि भाइ जन्मियो हामी असाध्यै खुसी भयौं । भाइ नहुँदा दाजुभाइ बनाएर पनि तिहारमा टीका लगाउने गर्थ्यौं । तैपनि आफ्...

गायक कृष्ण सिंहको ‘तिमी को हौ’ मा सब्रिना र रोशन

गायक कृष्ण सिंहको ‘तिमी को हौ’ मा सब्रिना र रोशन
काठमाडौं÷ ०६ कार्तिक । गायक कृष्ण सिंहको ‘तिमी को हौं..’ बोलको गीतको भिडियो सार्वजनीक गरिएको छ । बेलायतका बिभिन्न रमणीय स्थानमा खिचिएको भिडियोमा सब्रिना श्रेष्ठ र रोशन बस्नेत फिचर छन् । युके निवासी युवा निर्देशक प्रभु गुरुङले निर्देशन गरेको भिडियोमा युवकको युवतीप्रतिको प्रेमाभाव प्रस्तुत गरिएको छ । ध्रुव केसीको शब्द र सुनील राईको संगीत रहेको गीतको कोरियोग्राफी पनि निर्देशक प्रभु स्वयम्ले गरे...

सोलुमा १७१ मेगावाटको दूधकोसी–६ आयोजना निर्माण हुने

सोलुमा १७१ मेगावाटको दूधकोसी–६ आयोजना निर्माण हुने
सोलुखुम्बु जिल्लाको खुम्बु पासाङल्हमु गाउँपालिका–३ मा कूल एक सय ७१ मेगावाट क्षमताको दूधकोसी– ६ जलविद्युत् आयोजना निर्माण हुने भएको छ । निजी क्षेत्रको सगरमाथा हाइड्रोपावरले निर्माण गर्न लागेको सो आयोजना नदी प्रवाही प्रकृतिको हो । पछिल्ला दिनमा जलविद्युत् आयोजनाको ‘हब’ का रुपमा स्थापित हुँदै गएको जिल्लामा अन्य केही आयोजनासमेत निर्माणमा क्रममा छन् । केही आयोजना भने निर्माण सम्पन्न भई केन्द्रीय प्...