शेयर बजार उच्च अङ्कले घटेर २ हजार ६ सय ५५ विन्दुमा

शेयर बजार उच्च अङ्कले घटेर २ हजार ६ सय ५५ विन्दुमा
काठमाण्डाै – शेयर बजार लगातार चौथो दिन घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ३२ दशमलव ३८ अङ्कले घटेर २ हजार ६ सय ५५ दशमलव ९४ विन्दुमा झरेको छ । आज उत्पादन र म्युचल फन्ड बाहेक सबै समूहको शेयर घटेकोमा विकास बैंक समूह २ प्रतिशत तथा जलविद्युत्, लगानी, अन्य समूहको शेयर डेढ प्रतिशतभन्दा धेरैले ओरालो लागेको छ । आज कर्पाेरेट विकास बैंकको शेयर सबैभन्दा धेरै ९ प्रतिशतले घटेको छ । नेप्से उच्च अङ्कले ओर...

निजामती विधेयक : सहमति हुन नसकेका विषय शीर्ष नेतृत्वसँगको छलफलमा टुङ्ग्याउने

निजामती विधेयक : सहमति हुन नसकेका विषय शीर्ष नेतृत्वसँगको छलफलमा टुङ्ग्याउने
काठमाण्डाै – राज्य व्यवस्था तथा सुशासन समितिले सङ्घीय निजामती विधेयकमा सहमति हुन नसकेका विषयहरू शीर्ष नेतृत्वसँगको छलफलबाट टुङ्ग्याउने भएको छ । सिंहदरबारमा आज बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा समिति सभापति रामहरि खतिवडाले शीर्ष नेतृत्वसँग छलफल गरेर सहमति हुन नसकेका विषयहरू टुङ्गो लगाउने जानकारी दिनुभएको हो । विधेयकलाई टुङ्गोमा पुर्‍याउन गठित उपसमितिको प्रतिवेदनमाथिको छलफल आज सकिएको...

कक्षा १२ काे परीक्षाकाे नयाँ तालिका सार्वजनिक

कक्षा १२ काे परीक्षाकाे नयाँ तालिका सार्वजनिक
काठमाण्डाै – राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ काे परीक्षाकाे नयाँ तालिका सार्वजनिक गरेकाे छ । बाेर्डले वैशाख २१ गतेदेखि शुरू हुने गरी कक्षा १२ को परीक्षाको संशाेधित तालिका सार्वजनिक गरेको छ । परीक्षा जेठ २ गतेसम्म चल्ने छ । यसअघि भाेलि ११ गतेदेखि कक्षा १२ काे परीक्षा गर्ने भनिए पनि काठमाण्डाैमा चलिरहेकाे शिक्षक आन्दाेलनका कारण बाेर्ड पूर्वनिर्धारित समयमा परीक्षा नगर्ने निर्णयमा पुगेकाे थियाे ...

पूर्वप्रहरी महानिरीक्षक थापाको निधन

पूर्वप्रहरी महानिरीक्षक थापाको निधन
काठमाडौं, १० बैशाख । नेपाल प्रहरीका पूर्वमहानिरीक्षक दुर्लभ कुमार थापाको निधन भएको छ ।  मंगलबार उनको ९७ वर्षको उमेरमा निधन भएको नेपाल प्रहरीले जनाएको छ। थापाले २०३५ सालमा  प्रहरी महानिरीक्षकको कार्यभार सम्हालेका थिए । उनकै अग्रसरतामा निमित्त आईजीपी निवास, कमाण्डो तालिमको सुरुवात, पर्यटक प्रहरी र प्रहरी पहरा गण आदिको स्थापना भएको थियो ।  प्रहरी महानिरिक्षक दिपक थापाले उनकाे निधन प्रति गहिराे दुःख ब...

बारामा १० लाख ८० हजारको चाँदीको गहना बरामद 

बारामा १० लाख ८० हजारको चाँदीको गहना बरामद 
बारा, १० बैशाख। बारा स्थित प्रहरीले १० लाख ८० हजार मूल्य बराबरको ६  किलो अबैध चाँदीको बिभिन्न किसिमका गहना बरामद गरेको छ। प्रहरी चौकी पथलैया बाराबाट असई अमृत मैनालीको कमाण्डमा खटिएको प्रहरी टोलिले मंगलवार साँझ जीतपुर सिमरा उप महानगरपालिका १ पथलैया चोक स्थितमा वीरगंजबाट तुलसिपुर दाङ जादै गरेको बा.प्र.३२५६ नम्बरको यात्रु बाहक बसलाई रोकी चेक जाँच उक्त गहना बरामद भएको हो। बसको क्याभिन भित्र सि...

काश्मिरमा नेपालीसहित २७ पर्यटक मार्ने आतंकवादीहरूका वास्तविक तस्विर सार्बजनिक

काश्मिरमा नेपालीसहित २७ पर्यटक मार्ने आतंकवादीहरूका वास्तविक तस्विर सार्बजनिक
काठमाडाैं, १० बैशाख । मंगलबार दिउँसो आतंकवादीहरूको एक समुहले जम्मू कश्मीरको पहलगाममा पर्यटकहरूलाई आक्रमण गरेका थिए ।   जसमा तीन विदेशी पर्यटकहरू सहित २७ जनाको मृत्यु भएको थियो भने २० जना बढी घाइते भएका थिए ।   भारतीय मिडियाका अनुसार कश्मीरमा आतंकवादको नयाँ पर्याय बनेको लश्कर ए तैयबाको हिट स्क्वाड रेजिस्टेन्स फ्रन्टले सो आक्रमणको जिम्मेवारी लिएको छ। पर्यटकीय नगरीमा भएको सो आतंकवादी...

शिक्षकको २२ औं दिनको आन्दोलन आज पनि, भोलीको परिक्षा बहिस्कार गर्ने

शिक्षकको २२ औं दिनको आन्दोलन आज पनि, भोलीको परिक्षा बहिस्कार गर्ने
काठमाडौं, १० बैशाख । शिक्षकहरूको आन्दोलन आजवाट थप एक घन्टा अगाडीबाट सुरू हुने भएको छ । प्रायः अपरान्ह १२ः०० बजेवाट सुरू हुने आन्दोलन आजवाट भने बिहान ११ः०० बजेवाट सुरू हुने भएको छ । अध्यक्ष, नेपाल शिक्षक महासङ्घ राष्ट्रिय समितिका अध्यक्ष लक्ष्मीकिशोर सुबेदीका अनुसार आन्दोलन दिउँसो २ बजेसम्म जारी रहनेछ । साथै, भोली देखी हुने भनिएको कक्षा १२ को परीक्षा कार्यक्रम शिक्षकहरूले बहिस्कार गर्ने भएका छन् । ...

कक्षा १२ को परीक्षा सर्‍याे : आउँदो २१ गतेदेखि सञ्चालन हुने

कक्षा १२ को परीक्षा सर्‍याे : आउँदो २१ गतेदेखि सञ्चालन हुने
काठमाण्डौ – भोलिदेखि हुने भनिएको कक्षा १२ को परीक्षा सरेको छ । राष्ट्रिय परीक्षा बोर्डले आउँदो २१ गतेदेखि गर्ने गरी परीक्षा १० दिन सारेको हो । शिक्षकहरूको आन्दोलनका कारण कक्षा १२ को परीक्षा यसअघि तोकिएको मितिमा हुन नसकेको हो । परीक्षा कसरी गर्ने अन्योलकैबीच हिजो बसेको बोर्ड बैठकले विभिन्न संयन्त्र परिचालन गर्ने निर्णय गरेको थियो । तर दिनभर अनेक छलफल गरे पनि परीक्षा सञ्चालनको ठोस आधार नभएपछि ...

शिक्षक आन्दोलनले काठमाडौंको यातायात अस्तव्यस्त, यात्रु सास्ती खेप्न बाध्य

शिक्षक आन्दोलनले काठमाडौंको यातायात अस्तव्यस्त, यात्रु सास्ती खेप्न बाध्य
काठमाडौं – शिक्षकको सडक आन्दोलनका कारण काठमाडौंको यातायात अस्तव्यस्त बनेको छ । शिक्षा ऐन जारी गर्न माग गर्दै आन्दोलनमा उत्रिएका शिक्षकले मुख्य सडक बन्द गराएपछि यातायात सेवा अस्तव्यस्त बनेको हो । शिक्षकहरुले २१ दिनदेखि काठमाडौंको माइतीघर–बबरमहल–नयाँ बानेश्वर सडकमा प्रदर्शन गरिरहेका छन् । नेपाल शिक्षक महासंघले जारी राखेको आन्दोलनका कारण तीनकुनेदेखि माइतीघर क्षेत्रसम्मको यातायात सेवा प्रभावित भएको...

प्लस टुकाे परिक्षा नराेक्ने बाेर्डकाे निर्णय

प्लस टुकाे परिक्षा नराेक्ने बाेर्डकाे निर्णय
काठमाडौं, ९ बैशाख । कक्षा १२ को परीक्षाबारे निर्णय गर्न बसेकाे परिक्षा बोर्डको बैठकले परिक्षा सञ्चालन गर्ने निर्णय गरेकाे छ ।    शिक्षकहरूको निरन्तर आन्दोलनका कारण कक्षा १२ को परिक्षा अन्यौंलमा परे पछि बिहान बसेकाे बोर्ड बैठकले परिक्षा नराेक्ने निर्णय लिएकाे हाे ।   आजको बैठकले कक्षा १२ को परीक्षा सञ्चालन नराेक्ने निर्णय गरेकाे बोर्डका अध्यक्ष डा महाश्रम शर्माले जानकारी दिए ।   शिक...