पूर्वप्रहरी महानिरीक्षक थापाको निधन

पूर्वप्रहरी महानिरीक्षक थापाको निधन
काठमाडौं, १० बैशाख । नेपाल प्रहरीका पूर्वमहानिरीक्षक दुर्लभ कुमार थापाको निधन भएको छ ।  मंगलबार उनको ९७ वर्षको उमेरमा निधन भएको नेपाल प्रहरीले जनाएको छ। थापाले २०३५ सालमा  प्रहरी महानिरीक्षकको कार्यभार सम्हालेका थिए । उनकै अग्रसरतामा निमित्त आईजीपी निवास, कमाण्डो तालिमको सुरुवात, पर्यटक प्रहरी र प्रहरी पहरा गण आदिको स्थापना भएको थियो ।  प्रहरी महानिरिक्षक दिपक थापाले उनकाे निधन प्रति गहिराे दुःख ब...

बारामा १० लाख ८० हजारको चाँदीको गहना बरामद 

बारामा १० लाख ८० हजारको चाँदीको गहना बरामद 
बारा, १० बैशाख। बारा स्थित प्रहरीले १० लाख ८० हजार मूल्य बराबरको ६  किलो अबैध चाँदीको बिभिन्न किसिमका गहना बरामद गरेको छ। प्रहरी चौकी पथलैया बाराबाट असई अमृत मैनालीको कमाण्डमा खटिएको प्रहरी टोलिले मंगलवार साँझ जीतपुर सिमरा उप महानगरपालिका १ पथलैया चोक स्थितमा वीरगंजबाट तुलसिपुर दाङ जादै गरेको बा.प्र.३२५६ नम्बरको यात्रु बाहक बसलाई रोकी चेक जाँच उक्त गहना बरामद भएको हो। बसको क्याभिन भित्र सि...

काश्मिरमा नेपालीसहित २७ पर्यटक मार्ने आतंकवादीहरूका वास्तविक तस्विर सार्बजनिक

काश्मिरमा नेपालीसहित २७ पर्यटक मार्ने आतंकवादीहरूका वास्तविक तस्विर सार्बजनिक
काठमाडाैं, १० बैशाख । मंगलबार दिउँसो आतंकवादीहरूको एक समुहले जम्मू कश्मीरको पहलगाममा पर्यटकहरूलाई आक्रमण गरेका थिए ।   जसमा तीन विदेशी पर्यटकहरू सहित २७ जनाको मृत्यु भएको थियो भने २० जना बढी घाइते भएका थिए ।   भारतीय मिडियाका अनुसार कश्मीरमा आतंकवादको नयाँ पर्याय बनेको लश्कर ए तैयबाको हिट स्क्वाड रेजिस्टेन्स फ्रन्टले सो आक्रमणको जिम्मेवारी लिएको छ। पर्यटकीय नगरीमा भएको सो आतंकवादी...

शिक्षकको २२ औं दिनको आन्दोलन आज पनि, भोलीको परिक्षा बहिस्कार गर्ने

शिक्षकको २२ औं दिनको आन्दोलन आज पनि, भोलीको परिक्षा बहिस्कार गर्ने
काठमाडौं, १० बैशाख । शिक्षकहरूको आन्दोलन आजवाट थप एक घन्टा अगाडीबाट सुरू हुने भएको छ । प्रायः अपरान्ह १२ः०० बजेवाट सुरू हुने आन्दोलन आजवाट भने बिहान ११ः०० बजेवाट सुरू हुने भएको छ । अध्यक्ष, नेपाल शिक्षक महासङ्घ राष्ट्रिय समितिका अध्यक्ष लक्ष्मीकिशोर सुबेदीका अनुसार आन्दोलन दिउँसो २ बजेसम्म जारी रहनेछ । साथै, भोली देखी हुने भनिएको कक्षा १२ को परीक्षा कार्यक्रम शिक्षकहरूले बहिस्कार गर्ने भएका छन् । ...

कक्षा १२ को परीक्षा सर्‍याे : आउँदो २१ गतेदेखि सञ्चालन हुने

कक्षा १२ को परीक्षा सर्‍याे : आउँदो २१ गतेदेखि सञ्चालन हुने
काठमाण्डौ – भोलिदेखि हुने भनिएको कक्षा १२ को परीक्षा सरेको छ । राष्ट्रिय परीक्षा बोर्डले आउँदो २१ गतेदेखि गर्ने गरी परीक्षा १० दिन सारेको हो । शिक्षकहरूको आन्दोलनका कारण कक्षा १२ को परीक्षा यसअघि तोकिएको मितिमा हुन नसकेको हो । परीक्षा कसरी गर्ने अन्योलकैबीच हिजो बसेको बोर्ड बैठकले विभिन्न संयन्त्र परिचालन गर्ने निर्णय गरेको थियो । तर दिनभर अनेक छलफल गरे पनि परीक्षा सञ्चालनको ठोस आधार नभएपछि ...

शिक्षक आन्दोलनले काठमाडौंको यातायात अस्तव्यस्त, यात्रु सास्ती खेप्न बाध्य

शिक्षक आन्दोलनले काठमाडौंको यातायात अस्तव्यस्त, यात्रु सास्ती खेप्न बाध्य
काठमाडौं – शिक्षकको सडक आन्दोलनका कारण काठमाडौंको यातायात अस्तव्यस्त बनेको छ । शिक्षा ऐन जारी गर्न माग गर्दै आन्दोलनमा उत्रिएका शिक्षकले मुख्य सडक बन्द गराएपछि यातायात सेवा अस्तव्यस्त बनेको हो । शिक्षकहरुले २१ दिनदेखि काठमाडौंको माइतीघर–बबरमहल–नयाँ बानेश्वर सडकमा प्रदर्शन गरिरहेका छन् । नेपाल शिक्षक महासंघले जारी राखेको आन्दोलनका कारण तीनकुनेदेखि माइतीघर क्षेत्रसम्मको यातायात सेवा प्रभावित भएको...

प्लस टुकाे परिक्षा नराेक्ने बाेर्डकाे निर्णय

प्लस टुकाे परिक्षा नराेक्ने बाेर्डकाे निर्णय
काठमाडौं, ९ बैशाख । कक्षा १२ को परीक्षाबारे निर्णय गर्न बसेकाे परिक्षा बोर्डको बैठकले परिक्षा सञ्चालन गर्ने निर्णय गरेकाे छ ।    शिक्षकहरूको निरन्तर आन्दोलनका कारण कक्षा १२ को परिक्षा अन्यौंलमा परे पछि बिहान बसेकाे बोर्ड बैठकले परिक्षा नराेक्ने निर्णय लिएकाे हाे ।   आजको बैठकले कक्षा १२ को परीक्षा सञ्चालन नराेक्ने निर्णय गरेकाे बोर्डका अध्यक्ष डा महाश्रम शर्माले जानकारी दिए ।   शिक...

सर्लाही सीमाबाट बढ्यो टर्किस मकैको तस्करी

सर्लाही सीमाबाट बढ्यो टर्किस मकैको तस्करी
मलंगवा,९ बैशाख ।तेस्रो मुलुकबाट आयात गरेर ल्याइएका सामानहरू पुनः चोर नाका प्रयोग गरी भारत तर्फ तस्करी हुने क्रम रोक्न नसक्दा सर्लाहीको सीमा सुरक्षामा खटिएका सशस्त्र प्रहरीको भूमिकामाथि गम्भीर प्रश्न उठेको छ ।   राजस्व चुहावट नियन्त्रण, आपराधिक गतिविधि रोकथाम र सीमा सुरक्षाका लागि खटिनुपर्ने सशस्त्र प्रहरीको उपस्थितिमा नै विदेशी टर्किस मकैजस्ता सामानहरू सर्लाहीको विभिन्न क्षेत्रबाट भारततर्फ त...

भारतका विधुत मन्त्री मनोहरलाल नेपाल आइपुगे

भारतका विधुत मन्त्री मनोहरलाल नेपाल आइपुगे
काठमाडौं, ९ वैशाख । भारतका विद्युत्, आवास तथा सहरी मामिला मन्त्री मनोहरलाल खट्टर आज नेपाल आइपुगेका छन् ।   ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काको निमन्त्रणामा उनी मङ्गलबार बिहान २ दिने नेपाल भ्रमणका लागि नेपाल आएका हुन ।   विद्युतमन्त्री खट्टरले मङ्गलबार दिउँसो भारत सरकारको सहयोगमा निर्माणसम्पन्न कोशी कोरिडोर २२० केभी प्रसारण लाइन अन्तर्गत इनरुवा–बसन्तपुर–बानेश्वर–तुम्लिङटार प्र...

व्यवसाय प्रवद्र्धनका लागि झापा र सुनसरीका व्यवसायीबीच असल अभ्यास साटासाट कार्यक्रम

व्यवसाय प्रवद्र्धनका लागि झापा र सुनसरीका व्यवसायीबीच असल अभ्यास साटासाट कार्यक्रम
झापा, वैशाख ९ । व्यवसायलाई थप चलायमान बनाउन झापा र सुनसरीका व्यवसायीहरुले व्यवसाय प्रवद्र्धनका लागि असल अभ्यास साटासाट गर्ने भएका छन् । बिर्तामोडका व्यवसायी र सुनसरीको धरानका व्यवसायीबीच व्यवसाय प्रवद्र्धनका लागि असल अभ्यास साटासाट गर्ने भएका हुन् । कोभिडपछि सुस्काएको व्यवसायलाई चलायमान बनाउँदै महिलाहरुलाई आर्थिक उर्पाजनमा समेत थप टेवा पु¥याउने उद्धेश्यले उत्पादनदेखि बजारीकरणसम्मका लागि झापा ...