गैसस मोरङको आयोजनामा प्रस्ताव लेखन तालिम सुरु
विराटनगर÷ गैरसरकारी संस्था महासंघ मोरङको आयोजनामा आइतबारदेखि प्रस्ताव तथा प्रतिवेदन लेखन तालिम सुरु भएको छ ।
विराटनगर महानगरपालिकाको सहकार्यमा आयोजित दुई दिने तालिमको मेयर नागेश कोइरालाले उद्घाटन गर्नुभयो । तालिमको उद्घाटन समारोहलाई सम्बोधन गर्दै मेयर कोइरालाले तालिममा सिकेको सीपलाई व्यवहारमा उतार्न आग्रह गर्नुभयो । आफूसित भएको सीप कसैले खोस्न नसक्ने बताउँदै मेयर कोइरालाले सीप भएको व्यक्ति जहा...














