प्रहरी महानिरीक्षक दिपक थापा दर्ज्यानी चिन्हबाट सुशोभित
काठमाडौं, ५ चैत । प्रहरी महानिरीक्षक पदमा पदोन्नति हुनुभएका दिपक थापा दर्ज्यानी चिन्हबाट सुशोभित भएका छन ।
नेपाल सरकार, गृहमन्त्रालय सिंहदरबारमा मंगलबार आयोजित विशेष समारोहबीच गृहसचिव गोकर्णमणि दुवाडीले प्रहरी महानिरीक्षक दिपक थापालाई दर्ज्यानी चिन्हबाट सुशोभन गरिएको हो ।
सुशोभन समारोहमा गृहसचिव दुवाडीले गौरवशाली संगठनको प्रमुख जस्तो गरिमामय पद प्राप्त गरेकोमा प्रहरी महानिरीक्षक थापालाई हा...














