श्रम तथा रोजगार सम्मेलन : आन्तरिक रोजगार प्रवर्द्धन दशकलाई सफल बनाउने प्रतिबद्धता
काठमाण्डौ – आन्तरिक रोजगार प्रवर्द्धन दशकलाई सफल बनाउन आवश्यक रणनीति,कार्यनीति र कार्यक्रम तय गरी कार्यान्वयन गर्ने प्रतिबद्धताका साथ राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन २०८१ सम्पन्न भएको छ ।
काठमाण्डौमा दुई दिनसम्म सञ्चालन भएको सम्मेलनले १६ बुँदे घोषणापत्र जारी गरेको छ । सम्मेलनले रोजगार प्रवर्द्धन दशकलाई प्रभावकारी बनाउन आवश्यक नीतिगत र प्रविधिगत परिमार्जन गरिने, दशकको क्रियाकलाप आगामी आवधिक य...














