अन्तर स्कुल क्रिकेटको उपाधि सरस्वतीलाई
विराटनगर । जहदा क्रिकेट क्लवको आयोजनामा विराटनगरको मेरिवोन क्रिकेट मैदानमा भएको आठौं विष्णु माझी मेमोरियल अन्तर स्कुल क्रिकेट प्रतियोगिताको उपाधि सरस्वती स्कुलले जितेको छ ।
मंगरलबार भएको फाइनल खेलमा सरस्वती स्कुलले अर्किड स्कुललाई ७ विकेटले पराजित गरि उपाधि जितेको हो । टस जितेर ब्याटिङ गरेको अर्किडले निर्धारित २० ओभरको खेलमा १८ दशमलव १ बलमा सवै विकेट गुमाई ९५ रन बनाएको थियो । अर्किडका लागि अभ...














