चर्चित वाइल्डलाइफ फोटोग्राफर चुङ्बा शेर्पाको निधन

चर्चित वाइल्डलाइफ फोटोग्राफर चुङ्बा शेर्पाको निधन
काठमाडौं । चर्चित वाइल्डलाइफ फोटोग्राफर चुङ्बा शेर्पाको निधन भएको छ । ६४ वर्षीय शेर्पाको आइतबार राति १२ः१५ बजे ग्रान्डी अस्पतालमा उपचारको क्रममा निधन भएको हो । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–१ लुक्ला स्थायी ठेगाना भएका शेर्पा कलेजोसम्बन्धी समस्याका कारण एक सातादेखि उपचाररत थिए । उनको भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो । उपचारकै क्रममा शेर्पाको निधन भएको खुम्बु पासाङल्हामु गाउँपालिक...

२०८१ साल माघ ०१ गते मंगलवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

२०८१ साल माघ ०१ गते मंगलवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल
मेष– विभिन्न भौतिक साधन जुट्नेछन् भने उत्साहजनक समाचारले मन प्रसन्न हुनेछ। सन्तानका माध्यमबाट पनि काम बन्ने सम्भावना छ। गरिएका कामको राम्रै मूल्यांकन हुनेछ। विभिन्न भौतिक साधनहरू जुट्नेछन् र प्रसन्नता मिल्नेछ। विभिन्न अवसर प्राप्त हुनाले मन उत्साहित हुनेछ। तर आफन्तको विश्वास गर्दा समस्या उत्पन्न हुन सक्छ। वृष– सहयोगीहरूले विपक्षीलाई साथ दिनाले काममा चुनौती देखिएलान् । आर्जित धन खर्च हुन सक्छ ...

बिरामीको रेफरमा अस्पताललाई जिम्मेवार बनाउने गरी निर्देशिका जारी

बिरामीको रेफरमा अस्पताललाई जिम्मेवार बनाउने गरी निर्देशिका जारी
काठमाण्डाै – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आकस्मिक तथा भर्ना भएका बिरामी रेफर गर्दा पहिलो स्वास्थ्य संस्थालाई जिम्मेवार बनाउने गरी बिरामी प्रेषण निर्देशिका जारी गरेको छ । अब अर्को अस्पतालमा भर्ना नभएसम्मको अवस्थामा समन्वयको कार्य पहिलो पल्ट बिरामी पुगेको अस्पतालको जिम्मेवारी रहनेछ । विभिन्न किसिमका बिरामीको रेफरका लागि मापदण्ड भए पनि समग्र अस्पतालको रेफरल प्रणालीलाई समेट्ने गरी मन्त्रालयले...

लैससासमा विराटनगर महानगरपालिकाको नतिजा उत्कृष्ट

लैससासमा विराटनगर महानगरपालिकाको नतिजा उत्कृष्ट
विराटनगर ÷ विराटनगर महानगरपालिकाले आर्थिक वर्ष २०८०÷८१ को लैङ्गिक समानता एवं सामाजिक समावेशीकरण (लैससास) परीक्षणमा ७८ अंकसहित उत्कृष्ट नतिजा कायम राखेको छ । महानगरका मेयर नागेश कोइराला, उपमेयर शिल्पा निराला कार्की, निमित्त प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद ढुंगेल, वडा नम्बर १० का अध्यक्ष अर्जुन गिरीसहित कार्यपालिका सदस्य र विभिन्न महाशाखा र शाखा प्रमुखहरुको उपस्थितिमा लैससासको अन्तिम प्रतिवेदन सा...

२०८१ साल पौष २९ गते सोमबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

२०८१ साल पौष २९ गते सोमबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल
मेष विभिन्न अवसर प्राप्त हुनुका साथै पारिवारिक भेटघाटका बीच स्वादिष्ट भोजनको आनन्द मिल्नेछ। प्रेम र मित्रताको बन्धन कसिने समय छ। परिस्थितिले अप्ठ्यारा चुनौतीहरूसँग सम्झौता गराए पनि प्रयत्न गर्दा सहयोगीका माध्यमबाट फाइदा उठाउन सकिनेछ। गोपनीयतामा विशेष ध्यान पुर्याउनुहोला। वृष नयाँ काम प्रारम्भ हुनेछ भने विभिन्न अवसरले पछ्याउनेछन्। प्रशंसकहरू बढ्नेछन् भने नाम, दाम र इनाम हातपार्ने समय छ। विछोडि...

बाल्मिकी स्कुलमा खेलकुदसहित विविध कार्यक्रम सम्पन्न

बाल्मिकी स्कुलमा खेलकुदसहित विविध कार्यक्रम सम्पन्न
विराटनगर÷ विराटनगर–८ मधुमारास्थित बाल्मिकी सेकेण्डरी बोर्डिङ स्कुलले खेलकुद प्रतियोगितासहित विभिन्न कार्यक्रम आयोजना गरेको छ । पाठ्यक्रमको अध्ययनसँगै विद्यार्थीहरुको प्रतिभा प्रस्फुटन गराउने उद्देश्यले विविध कार्यक्रम गरिएको विद्यालयले जनाएको छ । स्कुलले साप्ताहिक कार्यक्रमअन्तर्गत दौड प्रतियोगिता, ब्यालेन्स रेस, स्लो साइकल रेस, म्युजिकल चेयर, म्याथ रेसलगायतका प्रतियोगिता गरेको थियो । त्यस्तै विद्...

निःशुल्क स्वास्थ्य शिविरमा ३ सयभन्दा बढीको स्वास्थ्य जाँच

निःशुल्क स्वास्थ्य शिविरमा ३ सयभन्दा बढीको स्वास्थ्य जाँच
विराटनगर ÷ नोना कोइराला स्मृति प्रतिष्ठान विराटनगरले आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरमा ३ सयभन्दा बढीले स्वास्थ्य चेकजाँच गरेका छन् । बूढीगंगा गाउँपालिका केएचडीसी नेपालको सहयोगमा बूढीगंगा वार्ड नम्बर ४ मा अवस्थित सरस्वती आधारभूत स्कुलमा भएको एकदिने निःशुल्क स्वाथ्य शिविरबाट ३ सय जनाभन्दा बढीले स्वास्थ्य चेकजाँच गरेका हुन् । बूढीगंगा गाउँपालिकाका अध्यक्ष जितनारायण थापामगरले उद्घाटन गरेक...

प्रजातन्त्र सेनानी संघ कोशीमा मोहनलाल

प्रजातन्त्र सेनानी संघ कोशीमा मोहनलाल
विराटनगर ÷ नेपाल प्रजातन्त्र सेनानी संघ कोशी प्रदेशको अध्यक्षमा मोहनलाल महतो निर्विरोध निर्र्वाचित भएका छन् । विराटनगरमा सम्पन्न प्रथम अधिवेशनले महतोको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो । संघको प्रदेश उपाध्यक्षमा भवानी केरुङ, दिनेशचन्द्र गिरी (मनोनित), महामन्त्रीमा विकास पराजुली, रेवन्तमणि नेपाल (मनोनित) सहमहामन्त्रीमा चक्रविक्रम निरौला र प्रवक्तामा कुमार योङहाङ चयन भएका छन् । त्यस्तै प्र...

सुन्दरहरैंचामा कृयाशील सञ्चारकर्मी कृष्णचन्द्र सुवेदी सम्मानित

सुन्दरहरैंचामा कृयाशील सञ्चारकर्मी कृष्णचन्द्र सुवेदी सम्मानित
सुन्दरहरैंचा । नेपाल रेडक्रस सोसाइटी सुन्दरहरैंचा उपशाखाको दोस्रो वार्षिक साधारणसभामा सुन्दरहरैंचामा कृयाशील सञ्चारकर्मी कृष्णचन्द्र सुवेदी सम्मानित हुनुभएको छ । सुन्दरहरैंचालाई कार्यक्षेत्र बनाई सक्रिय पत्रकारिता गरिरहेका सुवेदीलाई रेडक्रश उपशाखा सुन्दरहरैँचाले स्व. मनोरथ ढकाल स्मृति युवा पत्रकारिता पुरस्कारद्वारा सम्मान गरेको हो । रेडक्रश उपशाखा सुन्दरहरैँचाका संस्थापक अध्यक्ष टीकाराम ढकालले स...

समिर खान र स्मारिका ढकालको फिचरिङमा ’प्यार की दस्तान’ सार्वजनिक

समिर खान र स्मारिका ढकालको फिचरिङमा ’प्यार की दस्तान’ सार्वजनिक
काठमाण्डौं । विशाल सिंहको स्वरमा रहेको हिन्दी गीत ’प्यार की दस्तान’ सार्वजनिक भएको छ । विशाल सिंह र अशोक भाटियाको शब्द रहेको गीत भिडियो सहित समिर खान को युट्युब च्यानलमा शुक्रबार सार्वजनिक भएको हो । राजेश के एस को सङ्गीत रहेको गीतको भिडियोमा समिर खान र स्मारिका ढकालले फिचर्ड छन् । नेपालका विभिन्न ठाउँमा खिचिएको गीतको भिडियोलाई निशान एस के ले निर्देशन गरेका हुन् ।   मोडलद्धय समिर खान र ...