आगामी माघ ११ गतेदेखि औद्योगिक एवम् व्यापारिक महोत्सव विराट एक्स्पो–२०२५ विराटनगरमा हुदैं
विराटनगर । उद्योग संगठन मोरङको आयोजनामा आगामी माघ ११ गतेदेखि औद्योगिक एवम् व्यापारिक महोत्सव विराट एक्स्पो–२०२५ हुन लागेको आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । विराटनगर महानगरपालिका–१४ स्थित डिग्री कलेजको खेल मैदानमा आठौं संस्करणको विराट एक्स्पो हुने भएको हो । करिब दुई करोड लगानीमा खरिद गरिएको तीनवटा ‘डोम’ प्रयोग गरेर एक्स्पो आयोजना हुने उद्योग संगठनका अध्यक्ष राकेश सुरानाले जानकारी दिए...














