एसिड आक्रमणमा परेकी मुस्कानलाई भेटेर हमालले भने – भोलि डाक्टर बन्नुपर्छ है !
काठमाडौं – एसिड आक्रमणमा परेकी वीरगञ्जकी मुस्कान खातुनलाई अभिनेता राजेश हमालले भेटेका छन् । राजधानीमा उपचार गराइरहेकी मुस्कानलाई भेट्न हमाल अस्पताल पुगेका थिए ।
अस्पतालमा मुस्कानसँग झण्डै आधा घण्टा कुरा गरेका हमालले उनको हौसला बढाउने प्रयास गरे । उनले मुस्कानलाई निको भइसकेको र अब छिट्टै घर जाने दिन आएको भन्दै हौसला प्रदान गरे ।
हमालले मुस्कानलाई भविष्यमा के बन्ने इच्छा छ भन्दै सोधेका ...