बाल गायक सचिन परियारको निधन
काठमाडौं, १८ पुस । बाल गायक सचिन परियारको निधन भएको छ ।
महाराजगञ्जस्थित टिचिङ अस्पतालमा उपचारको क्रममा उनको निधन भएको हो । शिक्षण अस्पताल स्रोतका अनुसार उनको बिहिवार बिहान १०ः०० बजे निधन भएको हो ।
लामो समय देखी बिरामी रहेका उनको अचानक स्वास्थ्यमा समस्या आएपछि गता साता उनी अस्पताल भर्ना भएका थिए । केही वर्षअघि सामाजिक सञ्जालमार्फत चर्चामा आएका सचिनका आधा दर्जन लोकगीत करोड क्लबमा पुगे...














