वैज्ञानिकहरुले नै स्वच्छ र सन्तुलित वातावरण बनाउन आवस्यक : कोशी प्रदेश प्रमुख खापुङ
विराटनगर १४ पुस । कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङले वैज्ञानिकहरुले नै स्वच्छ र सन्तुलित वातावरण बनाउनु पर्ने बताउनु भएको छ ।
नेपाल जोलोजिकल सोसाइटी (नेजोस) कोशी प्रदेशले शनिवार विराटनगरमा आयोजना गरेको एक सेमिनारको उद्घाटन गर्दै उहाँले उक्त कुरा बताउनु भएको हो । उहाँले भन्नुभयो–वैज्ञानिकहरु निस्वार्थी,लगनशील र मानवजगतको शुभचिन्तक हुन्छन् । उनीहरुको स्वार्थ नै मानव जीवनलाई सुखी र खुशी ब...














