खाम्दिमेमा सङ्घीय मेलाको तयारी
ताप्लेजुङ, पुस १३ गते । ताप्लेजुङको सिरिजङ्घा गाउँपालिका–२ आम्बेगुदिनको खाम्दिमेमा आयोजना हुने सङ्घीय मेलाको तयारी तीब्र छ । आयोजकका अनुसार यही पुस १६ देखि १८ गतेसम्म आयोजना हुने ऐतिहासिक सङ्घीय मेलाको तयारीलाई तीब्र पारिएको हो ।
आयोजक सङ्घीय खेलकुद तथा साँस्कृतिक युवा क्लबले शनिबार सदरमुकाम फुङ्लिङमा पत्रकार सम्मेलन गर्दै मेलाबारे जानकारी गराएको हो । मेलाको मिति नजिकिएसँगै तयारीलाई तीब्र पारिए...














