भक्तपुरमा १६ वर्षीया किशोरी बलात्कार गरेको आरोपमा ओखलढुङ्गाका एक युवक पक्राउ

भक्तपुरमा १६ वर्षीया किशोरी बलात्कार गरेको आरोपमा ओखलढुङ्गाका एक युवक पक्राउ
काठमाडौँ– भक्तपुरमा १६ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा ओखलढुङ्गाका एक युवक पक्राउ परेका छन्। भक्तपुरको कमलविनायकमा बस्दै आएका ओखलढुंगाको चम्पादेवी गाउँपालिका–२ का २६ वर्षीय टेकबहादुर माझीलाई प्रहरीले पक्राउ गरेको हो। उनीमाथि १६ वर्षीया एक किशोरीलाई बलात्कार गरेको आरोप छ। माझी विरुद्ध प्रहरीमा उजुरी परेको थियो। सोही उजुरीका आधारमा जिल्ला प्रहरी परिसर भक्तपुरको टोलीले उनलाई पक्राउ गरेक...

बुवाको स्मृतिमा खेल मैदान बनाउन जग्गा दान

बुवाको स्मृतिमा खेल मैदान बनाउन जग्गा दान
हरिप्रसाद कोइराला उर्लाबारी, पुस १३ गते । मोरङको उर्लाबारी–९ थक्लुङ चोकका चन्द्र छाराहाङले आफ्ना बुवाको स्मृतिमा एक बिघा पाँच कट्ठा जग्गा नि:शुल्क दिनु भएपछि खेल मैदान निर्माण गर्न थालिएको छ । छाराहाङले स्वर्गीय बुवा हस्तबहादुरको स्मृतिमा खेल मैदान बनाउन जग्गा दान गर्नु भएको हो । हस्तबहादुर छाराहाङ (आठपहरिया) स्मृति प्रतिष्ठान एवम् स्मारक खेल मैदान संरक्षण तथा सम्वर्ध्दन समितिले खेल मैदा...

खाम्दिमेमा सङ्घीय मेलाको तयारी

खाम्दिमेमा सङ्घीय मेलाको तयारी
ताप्लेजुङ, पुस १३ गते । ताप्लेजुङको सिरिजङ्घा गाउँपालिका–२ आम्बेगुदिनको खाम्दिमेमा आयोजना हुने सङ्घीय मेलाको तयारी तीब्र छ । आयोजकका अनुसार यही पुस १६ देखि १८ गतेसम्म आयोजना हुने ऐतिहासिक सङ्घीय मेलाको तयारीलाई तीब्र पारिएको हो । आयोजक सङ्घीय खेलकुद तथा साँस्कृतिक युवा क्लबले शनिबार सदरमुकाम फुङ्लिङमा पत्रकार सम्मेलन गर्दै मेलाबारे जानकारी गराएको हो । मेलाको मिति नजिकिएसँगै तयारीलाई तीब्र पारिए...

जनसंख्या घटे पछि अनौठो अफर, ‘४ सन्तान जन्माउनुहोस्, झोलाभरी पैसा लैजानुहोस् ’

जनसंख्या घटे पछि अनौठो अफर, ‘४ सन्तान जन्माउनुहोस्, झोलाभरी पैसा लैजानुहोस् ’
काठमाडौं, १३ पुस । जापानदेखि चीनसम्म जन्मदर तीव्र गतिमा घटिरहेको छ । वृद्धवृद्धाको संख्या बढ्दै गएकाले काम गर्ने युवाको अभाव छ । यी देशहरूले युवाहरूलाई सन्तान जन्माउन विभिन्न प्रकारका सुविधा दिइरहेका छन्। पैसा पनि बाँडिएको छ तर जन्मदर बढाउन निकै मुश्किल भइरहेको छ ।    यसैबिच,  रुसको एक प्रान्तले आफ्ना नागरिकलाई अनौठो अफर दिएको छ । पश्चिमी रुसको निजनी नोभगोरोड ओब्लास्ट प्रान्तले युवाहरुलाई ४–...

विराट मेडिकल कलेजको कविता प्रतियोगितामा विजिता प्रथम

विराट मेडिकल कलेजको कविता प्रतियोगितामा विजिता प्रथम
विराटनगर ÷ विराट मेडिकल कलेजले आयोजना गरेको खुल्ला कविता प्रतियोगितामा विजिता अर्याल प्रथम भएकी छन् । ‘विराट फिस्टा–२०२४’ अन्तर्गत शनिबार आयोजित कविता प्रतियोगितामा ‘आजको आज’ शीर्षकको कविता प्रस्तुत गरेर विजिता प्रथम भएकी हुन् । कवि एवं पत्रकार मीनकुमार नवोदित प्रमुख निर्णायक र कवि डा. सूर्य पराजुली (एसपी लोचन) सदस्य रहेको निर्णायक समितिले पुरस्कृतहरूको नाम घोषणा गरेको थियो । प्रतियोगितामा ‘खाली...

तेह्र दिनको अवधिबीच पश्चिमनेपालमा सात पटक भूकम्पको धक्का

तेह्र दिनको अवधिबीच पश्चिमनेपालमा सात पटक भूकम्पको धक्का
पुस महिना लागेपछि मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प गएको छ । सो क्रममा शुक्रबार राति ११ बजेर ३७ मिनेटमा कालिकोटको लाली आसपास केन्द्रबिन्दु बनाएर तीन दशमलव सात म्याग्निच्यूडको भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार पुस २ गते बझाङको धामेना आसपास केन्द्रबिन्दु बनाएर चार दशमलव तीन, पुस ३ गते बझाङको धामेनामै चार दशमलव एक म्याग्निच्यूडको भूकम्प गएको थियो । यस्तै, पुस ४ गते मनाङको न...

शेरा दरबारको जग्गा सरकारको नाममा ल्याउनुपर्ने प्रहरी अनुसन्धानको निष्कर्ष

शेरा दरबारको जग्गा सरकारको नाममा ल्याउनुपर्ने प्रहरी अनुसन्धानको निष्कर्ष
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले नुवाकोटस्थित शेरा दरबारको झण्डै एक सय ६८ रोपनी जग्गा दुरुपयोग भएकाले सरकारको नाममा ल्याउनुपर्ने निष्कर्ष निकालेको छ । सिआइबीका प्रमुख, प्रहरी अतिरिक्त महानिरीक्षक दीपक थापाले अनुसन्धानमा जग्गा दुरुपयोग भएको पाइएकाले मालपोत ऐनअनुसार जग्गा सरकारको नाममा ल्याउनुपर्ने भनी भूमि व्यवस्थापन तथा अभिलेख विभागमा पत्राचार गरिएको जानकारी दिएका छन् । उक्त...

त्रिभुवन विश्वविद्यालयको ५०औं दीक्षान्त समारोह आज, सर्वोत्कृष्ट पदक पाउनेमा छात्रा बढी

त्रिभुवन विश्वविद्यालयको ५०औं दीक्षान्त समारोह आज, सर्वोत्कृष्ट पदक पाउनेमा छात्रा बढी
काठमाण्डाै – त्रिभुवन विश्वविद्यालयले आज ५०औं दीक्षान्त समारोह मनाउँदैछ । यस वर्ष दीक्षान्त समारोहको ५० वर्ष पुगेकाले स्वर्ण महोत्सवका रूपमा मनाउन लागिएको त्रिवि परीक्षा नियन्त्रण कार्यालयका परीक्षा नियन्त्रक पुष्पराज जोशीले जानकारी दिनुभयो । त्रिपुरेश्वरको दशरथ रङ्गशालामा हुने दीक्षान्त समारोहमा यस पटक १४ हजार तीन सय आठ जना विद्यार्थी दीक्षित हुँदैछन् । गएको वर्षभन्दा यस पटक दुई हजार जनाभन्दा ...

भानु कलेजको कवितामा रिया र वक्तृत्व प्रतियोगितामा एन्जिला प्रथम

भानु कलेजको कवितामा रिया र वक्तृत्व प्रतियोगितामा एन्जिला प्रथम
विराटनगर ÷ विराटनगरस्थित भानु कलेजले आयोजना गरेको कविता प्रतियोगितामा रिया सुवेदी प्रथम भएकी छन् । ‘छोरी’ शीर्षकको कविता वाचन गरेर रियाले प्रथम पुरस्कार प्राप्त गरेकी हुन् । विद्यार्थीभित्र लुकेर बसेको प्रतिभा प्रस्फुटन गराउने उद्देश्यले आयोजित कार्यक्रममा ‘गरिबको पीडा’ शीर्षकको कविता वाचन गरेर एन्जल श्रेष्ठ द्वितीय, ‘म हावा बोलिरहेछु’ शीर्षकको कविता वाचन गरेर जानकी राजवंशी तृतीय र ‘हाम्रो देश...

एमाले निकट नेपाल खेलकुद महासंघले आफ्नै भवन बनाउने

एमाले निकट नेपाल खेलकुद महासंघले आफ्नै भवन बनाउने
काठमाडौं, १२ पुस । नेपाल खेलकुद महासंघको केन्द्रीय सचिवालय बैठकले केन्द्रीय कार्यालय बानेश्वरमा सम्पन्न भएको छ ।  बैठकले महासंघको आफ्नै भवन निर्माण गर्ने  निर्णय गरेको छ ।  महासंघका केन्द्रीय अध्यक्ष पर्शुराम बस्नेतको अध्यक्षता तथा नेकपा एमाले महासचिव शंकर पोखरेलको प्रमुख आतिथ्यतामा बैठक भएको हो । बैठकमा पार्टी स्थायी कमिटी सदस्य तथा जनसंगठन संयन्त्र प्रमुख भानुभक्त ढकाल, पार्टी पोलिटब्य...