सरस्वती माविद्वारा पूर्वप्रधानाध्यापक र शिक्षकहरु सम्मानित
विराटनगर÷ विराटनगर–९ स्थित सरस्वती माविले पूर्वप्रधानाध्यापकसहित विभिन्न क्षेत्रका व्यक्तिहरुलाई सम्मान गरेको छ ।
८२ औं वार्षिकोत्सव तथा विद्यालयका संस्थापक अध्यक्ष नारायणप्रसाद कोइरालाको स्मृति दिवसको अवसर पारेर विद्यालयले पूर्वप्रधानाध्यापक डिल्ली पोखरेल, योगेन्द्रबहादुर कार्की तथा शिक्षकहरु भवानी भट्टराई, भरतराज दाहाल र भरतबाबु दाहाललाई सम्मान गरेको हो । कार्यक्रममा विराटनगर महानगरपालिकाका...














