कहाँ छन् होला,चेतनाथ अधिकारी ?
विराटनगर । मोरङको सुन्दरहरैँचाका चेतनाथ अधिकारी चार दिन देखि घरबाट बेपत्ता भएका छन् ।
उनी बुधबार विहान ५ः३० बजेदेखि बेपत्ता भएको परिवारजले बताएको छ भने उनको खोजी कार्य प्रहरी सहितले खोजी गरे पनि अहिले सम्म फेला परेका छैनन् । घरबाट निस्कनु अघि अधिकारीले लेखेको चिठी भने फेला परेको छ ।
उनले लेखेको चिठीमा यस्तो लेखिएको छ : ‘म जाँदै गर्दा कोही हाँस्ने हुनुहुन्छ भने उहाँहरूलाई कोटी–कोटी प्रणाम । ...