आज छठ पर्वको मुख्य दिन : बेलुका अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै

आज छठ पर्वको मुख्य दिन : बेलुका अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै
काठमाण्डौ – आज सूर्यको पूजा आराधना गरी छठ पर्व मनाइँदै छ । छठ पर्वको मुख्य दिन आज बेलुका अस्ताउँदो सूर्यको पूजा आराधना गरी अर्घ्य दिइन्छ र भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि यस वर्षको छठ पर्व विधिपूर्वक समापन हुन्छ । बर्तालुले आज रातभर जाग्राम बसेर भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिन्छन् । कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म छठ पर्व मनाउने गरिन्छ । कात्तिक शुक्ल चतुर्थीका दिन स्नान ...

कोशी प्रदेशका आन्तरिक मामिला मन्त्री अधिकारीद्धारा राजीनामा

कोशी प्रदेशका आन्तरिक मामिला मन्त्री अधिकारीद्धारा राजीनामा
विराटनगर, २१ कात्तिक । कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री लीलाबल्लभ अधिकारीले आफ्ना पदबाट आज राजिनामा दिनुभएको छ । केही दिन पहिले प्रदेश सरकारको स्वीकृति बेगर देश बाहिर जानु भएको मन्त्री अधिकारीको विषयमा नकारात्मक आलोचना भएपछि उहाँले नैतिकताको आधारमा राजिनामा दिएको पत्रकार सम्मेलन मार्फत जानकारी दिनुभएको हो । उहाँ २०८१ साल जेठ ४ गते आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेबारी पा...

प्रधानमन्त्री ओलीको स्वास्थ्य सुधारोन्मुख

प्रधानमन्त्री ओलीको स्वास्थ्य सुधारोन्मुख
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था सुधारोन्मुुख रहेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको उपचारमा संलग्न चिकित्सकका अनुसार स्वास्थ्य परीक्षणका सबै रिपोर्टहरु सामान्य रहेको उनको सचिवालयले जनाएको छ । प्रधानमन्त्री ओली सामान्य ज्वरोका कारण मङ्गलबारदेखि अत्यावश्यकबाहेक अन्य कुनै भेटघाट र कार्यक्रम नराखी बालुवाटारमा आराम गरिरहेका छन् ।

टिकटक नेपालमा आधिकारिक रूपमा सूचीकृत

टिकटक नेपालमा आधिकारिक रूपमा सूचीकृत
काठमाण्डाै – सामाजिक सञ्जाल टिकटक नेपालमा सूचीकृत भएको छ । प्रक्रिया पुर्‍याएर टिकटक सूचीकृत भएको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका प्रवक्ता एवम् सहसचिव गजेन्द्रकुमार ठाकुरले जानकारी दिनुभयो । मन्त्रालयले राखेका सबै शर्त र सामाजिक सञ्जाल व्यवस्थित गर्ने निर्देशिकाले व्यवस्था गरेका विषयहरूमा सहमत भएपछि सूचीकृत गरेर प्रमाणपत्र दिएको उहाँले बताउनुभयो । टिकटकले हिजो नेपालमा सूचीकृत भएको प्रमाणपत...

अमेरिकी राष्ट्रपतिमा जित निश्चित भएपछि ट्रम्पलाई विश्वका नेताहरुको बधाई

अमेरिकी राष्ट्रपतिमा जित निश्चित भएपछि ट्रम्पलाई विश्वका नेताहरुको बधाई
काठमाडौं । अमेरिकामा राष्ट्रपतीय निर्वाचनको मतगणना जारी रहँदा रिपब्लिकन उम्मेदवार डनल्ड ट्रम्पले आफू विजयी भएको उद्घोष गरेसँगै विश्वका नेताहरुद्वारा ट्रम्पलाई बधाई दिने क्रम सुरु भएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहु, हंगेरियन प्रधानमन्त्री भिक्टोर ओर्बान, बेलायतका प्रधानमन्त्री केइर स्टार्मरले ट्रम्पलाई बधाई दिएका छन् । यस्तै फ्रान्सेली राष्...

पालिका उपचुनावको लागि दलहरु उम्मेदवार छनोटमा व्यस्त

पालिका उपचुनावको लागि दलहरु उम्मेदवार छनोटमा व्यस्त
काठमाण्डौ – आउँदो मङ्सिर १६ गते हुने पालिकाको उपचुनावका लागि दलहरु उम्मेदवार छनोटमा व्यस्त भएका छन् । मङ्सिर २ गते उम्मेदवार मनोनयन दर्ता कार्यक्रम भएकाले दलहरु तयारीमा लागेका हुन् । काठमाण्डौको कीर्तिपुर नगरपालिकाका मेयर, दैलेखको महाबु गाउँपालिका अध्यक्ष र मोरङको ग्रामथान गाउँपालिका अध्यक्षसहित पालिकाका रिक्त ४४ पदमा उपचुनाव हुन लागेको हो । यसअघि पालिकाका ३९ पदमा उपचुनाव हुने भनिए पनि घोषणा भइ...

मेयर कोइरालाद्वारा टेलिस्कोपमार्फत सूर्यको अवलोकन

मेयर कोइरालाद्वारा टेलिस्कोपमार्फत सूर्यको अवलोकन
विराटनगर÷ विराटनगर महानगरपालिकाअन्तर्गतको खगोल तथा अन्तरीक्ष विज्ञान अध्ययन अनुसन्धान समितिले विभिन्न स्थानबाट टेलिस्कोपमार्फत सूर्यको अवलोकन गराएको छ । विद्यार्थीलाई विज्ञान र प्रविधिका साथै खगोल तथा अन्तरीक्ष विज्ञानमा चासो बढाउने उद्देश्यले समितिले टेलिस्कोपमार्फत सूर्यको अवलोकन गराएको हो । महानगर परिसरमा मेयर नागेश कोइराला, उपमेयर शिल्पा निराला कार्की, निमित्त प्रमुख प्रशासकीय अधिकृत रामप्रसा...

नेप्से परिसूचक ०.२१ अंक घट्यो

नेप्से परिसूचक ०.२१ अंक घट्यो
काठमाण्डाै – तिहार बिदापछिको पहिलो कारोबार दिन शेयर बजारमा खासै घटबढ भएको छैन । शेयर बजार आज शून्य दशमलव २१ अङ्कले घटेर दुई हजार ६ सय ७७ दशमलव ४० विन्दुमा झरेको छ । तिहार बिदा शुरू हुनुअघि नेप्से दुई हजार ६ सय ७७ दशमलव ६२ विन्दुमा रहेको थियो । आज फाइनान्स, होटल, जलविद्युत्, बीमा, म्युचल फन्ड र अन्य बाहेक सबै समूहको शेयर घटेको छ । आज सुपर माई हाइड्रोपावर कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ...

प्रधामन्त्री ओलीको स्वास्थ्यमा समस्या, बालुवाटारमै आराम गर्दै

प्रधामन्त्री ओलीको स्वास्थ्यमा समस्या, बालुवाटारमै आराम गर्दै
काठमाडौँ— प्रधानमन्त्री केपी शर्मा ओली बिरामी परेका छन् । प्रधानमन्त्रीको स्वास्थ्यमा प्रतिकूलता देखिएको प्रेस संयोजक प्रकाश सिलवालले जानकारी दिए । ‘उहाँलाई ज्वरो आएको छ,’ उनले भने,‘उहाँको रगत परीक्षणका लागि पठाइएको छ ।’ प्रधानमन्त्री ओली बालुवाटारस्थित सरकारी निवासमै आराम गरिरहेका छन् । अस्वस्थताका कारण उनले आज अत्यावश्यकबाहेक अन्य भेटघाटका कार्यक्रम नराखेको उनको सचिवालयले जनाएको छ ।

सन् १८८३ मा निर्मित मुद्रण यन्त्र त्रिभुवन विश्वविद्यालयलाई हस्तान्तरण

सन् १८८३ मा निर्मित मुद्रण यन्त्र त्रिभुवन विश्वविद्यालयलाई हस्तान्तरण
मोरङ, २० कात्तिक । पूर्वमन्त्री स्व राधाप्रसाद घिमिरेको विराटनगरमा–२ रहेको सन् १८८३ निर्मित मुद्रण यन्त्र त्रिभुवन विश्वविद्यालय पत्रकारिता तथा आम सञ्चार विभाग किर्तिपुर काठमाण्डौलाई आज हस्तान्तरण गरिएको छ। विभागका प्रमुख कुन्दन आर्यालयलाई स्व घिमिरेकी कान्छी वुहारी दुर्गा घिमिरेले एक समारोह वीच आज उक्त यन्त्र हस्तान्तारण गर्नु भयो । स्व. घिमिरेले विस २०१५ सालको आम निर्वाचनका लागि पर्चा , पोष्ट...