नेप्से परिसूचक ०.२१ अंक घट्यो
काठमाण्डाै – तिहार बिदापछिको पहिलो कारोबार दिन शेयर बजारमा खासै घटबढ भएको छैन । शेयर बजार आज शून्य दशमलव २१ अङ्कले घटेर दुई हजार ६ सय ७७ दशमलव ४० विन्दुमा झरेको छ । तिहार बिदा शुरू हुनुअघि नेप्से दुई हजार ६ सय ७७ दशमलव ६२ विन्दुमा रहेको थियो ।
आज फाइनान्स, होटल, जलविद्युत्, बीमा, म्युचल फन्ड र अन्य बाहेक सबै समूहको शेयर घटेको छ । आज सुपर माई हाइड्रोपावर कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ...














