आईसीसी विश्वकप लिग टू : अमेरिकामाथि स्कटल्यान्डको १० विकेटको जित
काठमाडौं । आईसीसी विश्वकप लिग टू अन्गर्त गएराति भएको अमेरिका र स्कटल्यान्डबीचको खेलमा स्कटल्यान्ड १० विकेटले विजयी भएको छ । अमेरिकाको ग्रान्ड प्रेरी क्रिकेट रंगशालामा स्कटल्यान्ड विजयी भएको हो ।
स्कटल्यान्डले टस जितेर पहिले फिल्डिङ रोजेपछि ब्याटिङमा आएको अमेरिकाले निकै खराब सुरुआत गर्यो । उसले ३४ ओभर चार बलमा सबै विकेट गुमाएर एक सय ४४ रन बनायो । ओपनर सुसान्त मोदानी र एन्ड्रिस गउसले २१ रनको मात...