रामेछापमा भएको जीप दुर्घटनामा ज्यान गुमाउनको सङ्ख्या दुई पुग्यो

रामेछापमा भएको जीप दुर्घटनामा ज्यान गुमाउनको सङ्ख्या दुई पुग्यो
रामेछाप – रामेछापको मन्थली नगरपालिका–५ सुनारपानीको भदौरेमा हिजो दिउँसो भएको जीप दुर्घटनामा ज्यान गुमाउनेको सङ्ख्या दुई पुगेको छ । दुर्घटनामा घाइते भएका मन्थली–४ का ६९ वर्षीय दिलीपकुमार बरुवालको धुलिखेल अस्पतालमा उपचारका क्रममा गएराति ज्यान गएसँगै ज्यान गुमाउनेको सङ्ख्या दुई पुगेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । यसअघि मन्थली नगरपालिका–४ सालुकी वडा सदस्य पदममाया नेपालीको घटनास्थलमै ज...

काठमाण्डाै महानगरद्वारा २ महिनामा १ सय १४ मन्दिर, १ सय ११ वटा हिटीकाे सफाइ

काठमाण्डाै महानगरद्वारा २ महिनामा १ सय १४ मन्दिर, १ सय ११ वटा हिटीकाे सफाइ
काठमाण्डाै – काठमाण्डौ महानगरपालिकाले चालू आर्थिक वर्षको दुई महिनामा १ सय १४ वटा साना–ठूला मन्दिरको सरसफाइ गरेको छ । महानगरपालिकाको स्वर्णिम योजना ‘सम्पदा मर्मत तथा संरक्षण’ कार्यक्रमअन्तर्गत १ सय १४ मन्दिर, १ सय ११ हिटी, १० कुवा र ६ पोखरीको सफाइ गरिएको महानगरका मेयर बालेन्द्र शाहले सामाजिक सञ्जालमार्फत जानकारी दिनुभएको छ । सरसफाइमा क्रममा सम्पदा क्षेत्रको प्राङ्गण, बत्ती बाल्ने ठाउँ, घण्टी,...

माछा मार्न गएका युवा दुधकोशी नदीमा बेपत्ता

माछा मार्न गएका युवा दुधकोशी नदीमा बेपत्ता
खोटाङ, असोज ७ गते । माछा मार्न गएका युवा दुधकोशी नदीमा बेपत्ता भएका छन् । खोटाङको हलेसी तुवाचुङ नगरपालिका–६ मंगलटारका १८ वर्षीय घनश्याम पुलामी मगर दुधकोशी नदीमा बेपत्ता भएका हुन् । प्रत्यक्षदर्शीको भनाइ अनुसार माछा मार्न गएकाबेला नदीमा परेको चप्पल निकाल्न खोज्दा मगर नदीमै डुबेका हुन् । आइतबार मगर सहितको आठ जनाको समुह माछा मार्न दुधकोसी पुगेका थिए । चिप्लिएर खुट्टाको चप्पल नदीले बगाउन थालेपछि अ...

दलितको प्रतिनिधित्व हुने गरी भूमि आयोग गठन हुन्छ : मन्त्री अधिकारी

दलितको प्रतिनिधित्व हुने गरी भूमि आयोग गठन हुन्छ : मन्त्री अधिकारी
काठमाडौँ, असोज ७ गते । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले दलीय समुदायको समेत प्रतिनिधित्व हुने गरी भूमि आयोग बन्ने बताउनुभएको छ । नेकपा (एमाले) निकट नेपाल उत्पीडित जातीय मुक्ति समाजले सोमबार मन्त्री अधिकारीलाई बुझाएको ४ बुँदे ध्यानाकर्षण पत्र बुझ्दै मन्त्री अधिकारीले उत्पीडित दलित समुदायको हक हित र पाउनुपर्ने अधिकार प्राप्तिका लागि आफूले पहल गर्ने प्रतिबद्धता जनाउनुभ...

अमेरिकन डलर देखाई ठगी गर्ने तीन जना पक्राउ

अमेरिकन डलर देखाई ठगी गर्ने तीन जना पक्राउ
काठमाडौं । अमेरिकन डलर देखाई ठगी गर्ने ३ जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सर्लाही बाग्मती नगरपालिका-१ घर भई हाल भक्तपुर जगाते भातेढिकुरे बस्ने ३० वर्षीय साजन भन्ने लाल बहादुर घिसिङ, सिन्धुपाल्चोक बलेफी गाउँपालिका-३ घर भई हाल भक्तपुर ठिमी बस्ने २० वर्षीय सुन बहादुर तामाङ र सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका-२ कर्थली घर भई हाल भक्तपुर सुर्यविनायक कटुन्जे बस्ने २९ वर्षीय ...

दुर्गा प्रसाईको पक्राउविरुद्ध सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको निवेदन

दुर्गा प्रसाईको पक्राउविरुद्ध सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको निवेदन
काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंको पक्राउविरुद्ध सर्वोच्च अदालतमा रिट पेश गरिएको छ । प्रसाईंका कानुन व्यवासायीले सोमबार बन्दी प्रत्यक्षीकरणको निवेदन सर्वोच्च अदालत प्रशासनमा वारेसमार्फत रिट दिएका हुन् । सर्वोच्च प्रशासनले पेश गरिएको रिटको दर्ता गर्ने बारे अध्ययन गरिरहेको जनाएको छ । आइतबार आफ्नै निवासबाट पक्राउ परेका प्रसाईं राति नै वीर अस्पतालमा भर्ना भएका थिए । नेपाल प्रहरीको साइबर...

संविधान संशोधन संसदले गर्ने ः प्रतिनिधि सभाका सभामुख घिमिरे

संविधान संशोधन संसदले गर्ने ः प्रतिनिधि सभाका सभामुख घिमिरे
मोरङ,७ असोज ः प्रतिनिधि सभाका सभामुख देवराज घिमिरले संविधान संशोधन संसदले गर्ने बताउनु भएको छ। विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले संशोधन कसरी गर्ने, प्रक्रिया के, के हो, के विषयमा, कहिले, के केमा गर्ने सम्बन्धमा वृहत्तर समझदारीको आवश्क्ताको जरुरी हुने प्रष्ट पार्नु भयो । सभामुख घिमिरेले संविधान संशोधनका विषयमा राजनीतिक दलहरु बीचमा छलफलको पहल शुरु भैसकेको जानकारी...

आजको राशिफल ~ वि.सं. २०८१ आश्विन ०७ गते सोमवार : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

आजको राशिफल ~ वि.सं. २०८१ आश्विन ०७ गते सोमवार : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य
मेष–जीवनसाथीबाट पाइने साथ र सहयोगीहरूको मद्दतले काम सहजै सफल हुनेछन्। विद्यार्थीहरूका लागि विशेष उपलब्धिमूलक समय छ।सहयोगीको राम्रो साथ पाइनेछ । शिक्षा र साझेदारीमा फाइदा हुनेछ, घरमा सामान्य मनमुटाव होला । ।खानपानको असावधानीले स्वास्थ्य कमजोर बन्ने देखिन्छ । पढाइलेखाइमा समय दिन नसकिएला । व्यावसायिक काममा पनि त्यत्ति फाइदा नहोला । वृष–बोलीको गलत अर्थ लाग्ने, विवादमा परिने र आर्थिक संकटले सताउने...

न्यूयोर्कमा ओली र मोदीबीच भेटवार्ता

न्यूयोर्कमा ओली र मोदीबीच भेटवार्ता
काठमाण्डौ – संयुक्त राष्ट्रसङ्घको महासभामा भाग लिन अमेरिकाको न्यूयोर्कमा रहनुभएका नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ । केहीबेरअघि भएको भेटमा द्विपक्षीय संयन्त्रहरुलाई सक्रिय बनाएर सबै समस्यालाई समाधान गर्ने सहमति भएको छ । भेटवार्तापछि पत्रकारहरुसँग कुरा गर्दै प्रधानमन्त्री ओलीले छलफल सकारात्मक भएको बताउनुभयो । भेटमा भारतीय प्रधानमन्त्री...

सन्दीप लामिछानेलाई सफाइ दिने उच्चको फैसलाविरुद्ध महान्यायाधिवक्ताको कार्यालय सर्वोच्न जाने

सन्दीप लामिछानेलाई सफाइ दिने उच्चको फैसलाविरुद्ध महान्यायाधिवक्ताको कार्यालय सर्वोच्न जाने
काठमाडौं । महान्यायाधिवक्ता कार्यालयले क्रिकेटर सन्दीप लामिछानेलाई जबरजस्ती करणीको आरोपबाट सफाइ दिने उच्च अदालत पाटनको फैसलाविरुद्ध सर्वोच्च अदालतमा जाने निर्णय गरेको छ । महान्यायाधिवक्ता कार्यालयले उच्च सरकारी वकिलको कार्यालयको रायसहितको फाइल अध्ययनपछि मुद्दाको पुनरावेदन गर्ने निर्णय गरेको हो । उच्च सरकारी वकिलको कार्यालय पाटनले फैसलाको पूर्णपाठ आएपछि महान्यायाधिवक्ता कार्यालयमा फैसलाविरुद्ध प...