झोराहाटमा गुरुप्रसाद मैनालीको ‘कर्तव्य’ नाटक
विराटनगर÷ मोरङको झोराहाटस्थित झोराहाट नाट्य समूहको भवनमा मञ्चन भइरहेको कथाकार गुरुप्रसाद मैनालीको ‘कर्तव्य’ नाटक हेर्न दर्शकको भीड लागेको छ ।
साहित्यकार तथा कलाकार भरत गुरागाईं ‘बर्बरिक’ले निर्देशन गरेको नाटकको ५१ औं शो शनिबार मञ्चन गरिएको छ । झापाको गौरादहमा समेत ३० शो मञ्चन भइसकेको सो नाटक झोराहाटमा भने २१ शो मञ्चन भएको नाट्य समूहका अध्यक्षसमेत रहेका निर्देशक गुरागाईंले जानकारी दिए । भदौ १ देख...













