प्रधानमन्त्री ओलीद्वारा जिल्ला प्रहरी परिसर काठमाण्डौको भवन उद्घाटन
काठमाण्डाै – प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाण्डौको भद्रकालीमा निर्माण भएको जिल्ला प्रहरी परिसर काठमाण्डाैकाे नयाँ भवन उद्घाटन गर्नुभएको छ ।
आज बिहान आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले भवन उद्घाटन गर्नुभएको हो । २०७२ सालको भूकम्पपछि हनुमानढोकाबाट विस्थापित प्रहरीले टेकुमा पालमा बसेर सेवा दिइरहेको थियो ।
प्रहरीले भवन निर्माणका लागि भद्रकालीमा खाद्य संस्थानको १५ रोपनी जग्गा पाएको थियो ...