सोलुखुम्बूको खुम्बु क्षेत्रमा ठुलो बाढी, हिम ताल फुटेको आशंका

सोलुखुम्बूको खुम्बु क्षेत्रमा ठुलो बाढी, हिम ताल फुटेको आशंका
सोलुखुम्बु । सोलुखुम्बू जिल्लाको खुम्बु क्षेत्रमा ठुलो बाढी आएको छ । खुम्बु पासाङल्हामु गाउँपालिका-५ थामे गाउँमा बाढी आएको छ भने हिम ताल फुटेकोले बाढी आएको आशंका गरिएको छ । बाढीले थामे गाउँमा ठूलो क्षती पुर्याएको छ । दुधकोशी तटीय आसपासमा बस्ने स्थानीयलाई सतर्कता अपनाएर सुरक्षित बस्न आग्रह गरिएको छ । हिम पहिरो हो या ताल फुटेको हो भन्ने विषय स्पष्ट नभएको स्थानीय प्रशासनले जनाएको छ । 

३७ बर्षिय सिनावात्रा थाइल्याण्डको प्रधानमन्त्री बन्दै

३७ बर्षिय सिनावात्रा थाइल्याण्डको प्रधानमन्त्री बन्दै
काठमाडौँ । पातोङटर्न सिनावात्रा थाइल्याण्डको नयाँ प्रधानमन्त्री बन्ने भएकी छन् । फेउ थाई पार्टीकी ३७ बर्षिय नेतृ सिनावात्रालाई संसदमा भएको मतदानमा ३१९ सांसदले मतदान गरेका थिए । थाइल्याण्डको तल्लो सदनमा ५०० सदस्य रहेका छन् । उनी थाइल्याण्डका पुर्व प्रधानमन्त्री थाक्सिन सिनावात्राकी छोरी हुन् । यद्यपी उनलाई अब राजाले प्रधानमन्त्रीमा नियुक्त गर्न भने बाँकी रहेको छ । प्रधानमन्त्रीमा नियुक्त भएपछ...

नोना कोइराला स्मृति प्रतिष्ठानको पहलमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन

नोना कोइराला स्मृति प्रतिष्ठानको पहलमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन
विराटनगर÷ नोना कोइराला प्रतिष्ठान र केएचडीसीको प्राविधिक सहयोगमा मोरङको बूढीगंगा वडा नम्बर ७ स्थित डंग्राहामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । बूढीगंगा गाउँपालिकाको आयोजनामा डंग्राहास्थित लक्ष्मी माविमा आयोजित शिविरको नेपाली कांग्रेसका वरिष्ठ नेता तथा सांसद डा. शेखर कोइरालाले उद्घाटन गरेका थिए । कोइरालाले बिरामीको स्वास्थ्य चेकजाँच गरेर शिविरको उद्घाटन गरेका थिए । कार्यक्रमलाई सम्बोधन ...

शान्तीश्रीको ‘जवानीले पोल्यो’मा सञ्चिता र पुष्करको छमछमी

शान्तीश्रीको ‘जवानीले पोल्यो’मा सञ्चिता र पुष्करको छमछमी
काठमाडौं । गायिका शान्तीश्री परियारको स्वरमा रहेको गीत ‘जवानीले पोल्यो’को भिडियो सार्वजनिक भएको छ । गीतमा तुला आर लामिछानेको शब्द, पवन परियारको संगीत र एरेन्ज, सागर बाजुरालीको रेकर्ड छ । तुला आर लामिछानेले नै निर्माण गरेको भिडियोमा सञ्चिता बोलखे र पुष्कर राउत फिचर्ड छन् । जवानी र मायाको कुरा गरिएको गीतमा सचितालाई निकै ग्ल्यामर रुपमा प्रस्तुत गरिएको छ । सुरेश पाण्डेको कोरियोग्राफी र निर्देशन ...

पूर्वस्वीकृत लिएर मात्रै रथयात्रामा सर्बत–पानी वितरण गर्न महानगरको आग्रह

पूर्वस्वीकृत लिएर मात्रै रथयात्रामा सर्बत–पानी वितरण गर्न महानगरको आग्रह
विराटनगर ÷ विराटनगरमा निकालिने श्री राधाकृष्णको रथयात्राका क्रममा हुने फोहोर व्यवस्थापनमा विराटनगर महानगरपालिकाले अहिलेदेखि नै तयारी थालेको छ । जथाभावी फोहोर हुन नदिनका लागि महानगरले सम्बन्धित संघसंस्था र व्यक्तिलाई पूर्वस्वीकृत लिएर मात्रै पानी, सर्बत, प्रसादलगायतका सामग्री वितरण गर्न आग्रह गरेको छ । रथयात्राका क्रममा सर्बत, पानी, प्रसादलगायतको खोल, बोतल र प्लाष्टिक सडकमा फ्याल्दा बजार फो...

मौलिक तीज गीत “माया बस्यो संगिनी ” सार्वजनिक (भिडियो सहित)

मौलिक तीज गीत “माया बस्यो संगिनी ” सार्वजनिक (भिडियो सहित)
काठमाडौं । तीजलाई लक्षित गरेर गायिका टिका प्रसाईंको स्वरमा “माया बस्यो संगिनी ” गीत सार्वजनिक भएको छ । गीतमा प्रमिला बस्नेतको शब्द, राजेश थापाको संगीत र रमेश सेन्चुरीको एरेन्ज रहेको छ । तिजमा नेपाली नारीहरुले भोगेको पिडालाई गीतमा आकर्षक रुपमा समावेश गरिएको छ । आफनो मायाको यादमा जवानीलाई साँचेर राखेको कुरा गीतमा गरिएको छ । नाच्ने शैलीको गीतको भिडियोलाई केशव राज भटटले निर्देशन गरेका हुन्...

यातायात कार्यालयभित्रै अधिकृतले बुझे घुस

यातायात कार्यालयभित्रै अधिकृतले बुझे घुस
यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमतिपत्र एकान्तकुना, ललितपुरमा कार्यरत कम्प्युटर अधिकृत वासुदेव रेग्मीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज विशेष अदालत काठमाडौंमा उनीविरुद्ध घुस÷रिसवत लिई भ्रष्टाचार गरेकोसम्बन्धी मुद्दा दर्ता गरेको छ । रेग्मीले सेवाग्राहीबाट २० हजार रुपैयाँ घुस लिएको भिडियोमा देखिएपछि उनीविरुद्ध मुद्दा दायर गरिएको हो । अनुसन्ध...

आजको राशिफल: २०८१ साउन ३१ गते बिहीबार

आजको राशिफल: २०८१ साउन ३१ गते बिहीबार
आजको राशिफल बि.सं.२०८१ साउन ३१ गते बिहीबार ई.सं.२०२४ अगस्त १५ नेपाल सम्बत ११४४ गुंलाथ्व दशमी, पिङगल नाम संवत्सर सूर्य उत्तरायणं ग्रीष्म ऋतु, श्रावण शुक्ल दशमी, चन्द्रमा वृश्चिक राशिमा, ज्येष्ठा नक्षत्र, वैधृति योग, गर करण । आज नेपालमा सूर्योदय बिहान ०५ः३४ बजे, सूर्यास्त साँझ ०६ः४१ बजे हुनेछ । आज जन्म लिने बच्चा वृश्चिक राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा दही ...

एएफसी च्यालेन्ज लिगमा चर्च ब्वाइज युनाइटेडलाई भुटानको पारो एफसीले हरायो

एएफसी च्यालेन्ज लिगमा चर्च ब्वाइज युनाइटेडलाई भुटानको पारो एफसीले हरायो
काठमाण्डौ – एएफसी च्यालेन्ज लिगअन्तर्गत हिजो भएको खेलमा भुटानको पारो एफसीसँग नेपाली टोली चर्च ब्वाइज युनाइटेड पराजित भएको छ । त्रिपुरेश्वरको दशरथ रङ्गशालामा भएको खेलमा भुटानको पारो एफसी नेपाली टोली चर्च ब्वाइज युनाइटेडलाई २–१ गोलले पराजित गर्दै अघिल्लो चरणमा पुगेको हो । जितसँगै पारो एफसी एएफसी च्यालेन्ज लिगमा छनोट भएको छ । जापानका स्टार खेलाडी होन्डासहित ११ जना विदेशी खेलाडीको साथ पाएको पारोलाई...

लागुऔषध दुर्व्यवसनी निगरानी कक्षको स्थापना

लागुऔषध दुर्व्यवसनी निगरानी कक्षको स्थापना
सुनसरी, श्रावण २८ गते । सुनसरीको कोशी गाउँपालिका-८ स्थितमा लागुऔषध दुर्व्यवसनी निगरानी कक्षको स्थापना भएको छ । हिजो दिउँसो आयोजित एक कार्यक्रमका विच कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरका प्रहरी वरिष्ठ उपरीक्षक भीम बहादुर दाहालको प्रमुख आतिथ्यता तथा जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक बिपिन रेग्मीको अध्यक्षतामा लागुऔषध निगरानी कक्षको समुद्‍घाटन भएको हो । समुद्‍घाटन कार्यक्रमलाई सम...