लकडाउन खुकुलो भएपछि पलले सुरु गरे म्युजिक भिडियोको काम
सरकारले चैत्र ११ गतेदेखि जारी गरेको लकडाउन कायमै छ । जेठको अन्तिमसाता सरकारले लकडाउनलाई केही खुकुलो बनाए पनि चलचित्र, म्युजिक भिडियोको छायांकनलगायतको कामलाई भने अनुमति दिइसकेको छैन ।
लकडाउनको समयमा केही म्युजिक भिडियो, छोटा चलचित्र निर्माण भए पनि ती घरभित्रै निर्माण भएका थिए ।
तर, लकडाउन खुकुलो भएसँगै म्युजिक भिडियो छायांकनको काम भने सुरु भइसकेको छ। नेपाली चलचित्रका चर्चित नायक पल शाह ...














