नेपाली चलचित्र क्षेत्रमा नायक राजेश हमालको क्रेज लोभलाग्दो छ । नायक हमालले अभिनय गरेका चलचित्र पछिल्लो समयमा असफल हुन थालेपनि केही बर्ष अगाडिसम्म उनको टाउको पोष्टरमा राख्दासम्म पनि दर्शक हलमा आउथ्य ।

नेपालमा मल्टिप्लेक्समा दर्शकको आकर्षण बढ्न थालेपछि हमालका चलचित्रले कमजोर व्यापार गर्न थालेका हुन् । यस्तै, दर्शकको चलचित्रप्रतिको रुची नै फरक भएपछि हमाल पनि कमजोर बन्न थाले ।

चलचित्र प्राविधिक संघले नायक हमाललाई ‘महानायक’को उपाधि दियो । योसँगै मिडियामा हमाललाई ‘महानायक’ भन्न थालियो ।
तर, नायक हमाललाई दिइएको यो उप–नाम विवादमा भने सधै रहदै आएको छ । चलचित्रमा काम गर्नु बाहेक हमालले चलचित्र क्षेत्रका लागि नेतृत्वदायी भूमिका नखेलेको भन्ने आरोप पनि नलागेको होइन ।

चलचित्र क्षेत्रले बिषम परिस्थिती भोगिरहेको समयमा हमाल अगाडि नसरेको भन्दै पनि आलोचना हुने गरेको छ । तर, आम दर्शक हमाललाई ‘महानायक’ मान्छन् । किनकी, हमालको व्यक्तित्व, उनले चलचित्र क्षेत्रलाई दिएको योगदान, उनको प्रतिष्ठालाई हेर्दा पनि हमालको कद चलचित्र क्षेत्रमा उचो छ ।

हमालका चलचित्रले उनको टाउकोमात्र पोष्टरमा राख्दा पनि निर्मातालाई घाटा दिएका छैनन् । अहिलेको महंगा स्टारहरुले खेल्ने चलचित्रले लाखौ घाटा व्यहोर्दा हमालका चलचित्रबाट निर्माता मोटाएका थिए । हमालका चलचित्रमा दुःखी र गरिबका कथा भनिएका थिए । यसैले पनि उनी पर्दामा देखिदा दर्शकको ताली बज्थ्यो । आजका दिनमा हमालले चलचित्र खेलेपनि नखेलेपनि उनको जस्तो क्रेज अरुले बनाउन सकेका छैनन् भन्दा हुन्छ ।

हालै मात्र निर्देशक दीपाश्री निरौलाले नायक हमालको यो उपाधिमाथि प्रश्न सोझाएकी छिन् । अहिले, सामाजिक संजालमा दीपाको यो भिडियो चर्चामा छ । साथै, उनको आलोचना पनि भैरहेको छ ।

संचारकर्मी प्रकाश सुवेदीसँग दिएको एक अन्र्तवार्तामा दीपाले ‘राजेश हमाल महानायक हो र ?’ भनेर प्रश्न सोझाएकी छिन् । केही समय अगाडिसम्म राजेश हमाल चलचित्र क्षेत्रमा रहेको तर अहिले नभएको तर्फ पनि दीपाको भनाई सोझिएको छ ।

चलचित्र क्षेत्रलाई आवश्यकता पर्दा हमालको उपस्थिती फितलो भएको दीपाको तर्क छ । उनले अहिले आम जनता र चलचित्रकर्मीले नै साथ र सहयोगको अपेक्षा गरेको समयमा हमाल टिकटक बनाउन व्यस्त भएको भन्दै आलोचना पनि गरेकी छिन् ।

दीपा भन्दा अगाडि पनि केही कलाकारले राजेश हमाललाई दिइएको यो उप–नाममा असन्तुष्टी व्यक्त गरेका थिए ।

तपाईको प्रतिक्रिया