चिरायु फिल्मस प्रा.लि.को प्रस्तुतिमा हली को मुर्हत
काठमाडौ । चलचित्र ‘हली’को शुभ साईत गरिएको छ । चिरायु फिल्मस प्रा.लि.को प्रस्तुतिमा बन्न लागेको चलचित्र ‘हली’को राजधानीको ज्ञानेश्वरमा रहेको ज्ञानेश्वर महादेव मन्दिर परिसरमा शुभ साईत गरिएको हो । नायक सरोज खनाल, प्रमोद दीप र नायिका सुजाता थापाले चलचित्रको मुहूर्त शट दिएका थिए ।
डडेलधुरा, डोटी, बजाङलगायतका रमणिय स्थानमा आगामी चैत्र दोस्रो साताबाट छायाँकन सुरु गरिने चलचित्रमा सरोज खनाल, प्रमोद दीप,...