‘बर एण्ड वधु’को ‘तिमी सँग’मा रोमान्टिक आँचल र विवेक
एलआरके इन्टरटेन्मेन्टको व्यानरमा बनेको फिल्म ‘बर एण्ड वधु’को पहिलो गीत ‘तिमी सँग’ सार्वजनिक भएको छ । यो गीतमा अञ्जु पन्त र प्रताप दासको स्वर, अर्जुन पोखरेलको संगीत र लेखु सहयात्रीको शब्द छ ।
यो गीतको भिडियोमा फिल्मका मुख्य दुई कलाकारहरू नायिका आँचल शर्मा र नायक विवेक कर्माचार्य रोमान्टिक देखिएका छन् । कविराज गहतराजको कोरियोग्राफीमा सुदिप बरालले रोमानियाको लोकेशनमा यो गीत तयार पारेका हुन् । गीतक...














