मोरङ :

फिल्म ‘फर्की फर्की’मा समावेश गीत ‘अन्तिम माया’ले रिलिज भएको एक दिनमा नै साढे चार लाख भ्युज कमाई सकेको छ। अनमोल केसी र जसिता गुरुङ स्टारर यस फिल्मको गीतले एकै दिन चार लाख दर्शक पाएको हो। अझैँ भ्युज बढिरहेको छ।

एकै दिनमा साढे चार लाख भ्युज कटेपछि निर्माण पक्ष उत्साहित देखिएको छ। यस अघि यो फिल्मको ट्रेलरलाई पनि दर्शकले २५ लाख भन्दा बढि हेरिसकेका छन्। फिल्मको ट्रेलर र गीतले नै हिट हुने संकेत देखाइसकेको छ। नरेन लिम्बुको ७ वर्ष अघि रेकर्ड भएको यस गीतलाई रिमेक गरिएको छ। उनको अन्तिम मायालाई पुनः रेकर्ड गरि फर्की फर्की टिमले फिल्ममा समावेश गरेको हो।

फिल्मको गीतमा फिल्मका मूख्य अभिनेता अनमोल केसी र अभिनेत्री जसिता गुरुङ फिचर्डु छन्। सार्वजनिक गीतका भिडियोमा अनमोल र जसिताबीचको सम्बन्ध र प्रेममा आएको दरारलाई देखाउन खोजिएको छ।

कुनै बेला युवापुस्तामाझ सर्वाधिक हिट रहेको गीतलाई पुनः रेकर्ड गरेर फिल्ममा समावेश गर्दा पछिल्लो पुस्ताले पनि यो गीतलाई रुचाउनेमा फिल्मको निर्माण यूनिट आशाबादी देखिएको छ। नरेन कै शब्द संगीत तथा स्वर रहेको यस गीतलाई फिल्ममा समावेश गरेको फिल्म निर्माण कम्पनी रोहित अधिकारी फिल्म्सले जनाएको छ।
ट्रेलर र गीतहरुमार्फत दर्शकमाझ हाइप बनाएको फिल्म फर्की फर्की आगामी जेठ १० गतेदेखि देशव्यापी रिलिज हुँदैछ।

तपाईको प्रतिक्रिया