काठमाण्डौ महानगरले ठाउँको प्राचीन नाम प्रचलनमा ल्याउँदै
काठमाण्डौ — काठमाण्डौ महानगरपालिकाले ठाउँहरूको प्राचीन नाम पुनरुत्थान गरेर प्रचलनमा ल्याउने प्रक्रिया शुरु गरेको छ ।
पहिलो चरणमा धार्मिक, सांस्कृतिक र ऐतिहासिक महत्त्व भएका टोल, बस्ती, मठमन्दिर, वहाल, वही, धारा, सत्तल, पाटीहरूको प्राचीन नाम खोज्ने, संस्कृतिविद्, पुरातत्त्वविद्, भाषाविद् तथा इतिहासविद्हरूसँग नाम पुष्टि गर्ने काम पूरा गरेको काठमाण्डौ महानगरको सम्पदा तथा पर्यटन समितिका संयोजक आशाम...














