चलचित्रमा रङ्ग पत्रकार

चलचित्रमा रङ्ग पत्रकार
पत्रकारिता हुँदै चलचित्र निर्माण, निर्देशन तथा लेखनमा केही वर्षयता नयाँ पुस्ताका पत्रकारको उपस्थिति बढ्दो छ । पछिल्लो समयमा पत्रकारितासँगै गीत लेख्ने पनि उत्तिकै छन् । समीक्षक हुँदै निर्देशक बनेका पत्रकार दीपेन्द्र लामाले आफ्नो पाँचाँै चलचित्र ‘नाङ्गो गाउँ’ को छायाङ्कन आजदेखि सुरू गर्नुभएको छ । एक महिनाको तालिका बनाएको चलचित्रमा दयाहाङ राई, मिरुना मगर, कार्म लगायतको कलाकारले अभिनय गर्दै हुनुहुन्छ ...

स्वर्गीय बीएस राणाकी पत्नी र छोरीको उपचारार्थ एक लाख सहयोग

स्वर्गीय बीएस राणाकी पत्नी र छोरीको उपचारार्थ एक लाख सहयोग
काठमाडौं – चलचित्र विकास बोर्ड अन्तर्गतको सिनेमाकर्मी कल्याणकारी कोषबाट स्वर्गीय अभिनेता बीएस राणाकी पत्नी र छोरीको उपचार सहयोगार्थ नगद एक लाख सहयोग गरिएको छ । बुधबार कोष समितिले हाल उनीहरुलाई आश्रय दिएको ललितपुरस्थित स्नेही काख पुगेर सहयोग प्रदान गरेको हो । बोर्डका अध्यक्ष भुवन केसी र कल्याणकारी कोषकी संयोजक बसुन्धरा भुषालले रकम हस्तान्तरण गरे । सहयोग हस्तान्तरण समयमा नेपाल चलचित्र कलाकार ...

काठमाडौंमा सुटिङ भइरहेको विदेशी फिल्मबाट पूर्वमिस नेपाल निकिता चाण्डकको पुनरागमन

काठमाडौंमा सुटिङ भइरहेको विदेशी फिल्मबाट पूर्वमिस नेपाल निकिता चाण्डकको पुनरागमन
काठमाडौं । दुई वर्षपछि पूर्वमिस नेपाल निकिता चाण्डकले फिल्ममा पुनरागमन गरेकी छन् । काठमाडौंमा छायांकन भइरहेको भारतीय र फ्रान्सेली निर्माताको सहलगानीको फिल्म ‘द सेमलेस’को शीर्षमध्येको एक भूमिकामा उनलाई देख्न सकिन्छ । एक महिनादेखि काठमाडौंका विभिन्न स्थानमा छायांकन भइरहेको छ । बुल्गेरियाली निर्देशक कोन्सटान्टिन बोन्जोभले निर्देशन गरिरहेको फिल्ममा नेपालसहित भारत, फ्रान्स, स्वीटजरल्याण्ड, बुल्गेरिय...

विष्णुसँगको तस्वीर सेयर गर्दै एलिना चौहानले लेखिन्- तिम्रो साथले मलाई जीवित राख्छ

विष्णुसँगको तस्वीर सेयर गर्दै एलिना चौहानले लेखिन्- तिम्रो साथले मलाई जीवित राख्छ
काठमाडौं । गायिका एलिना चौहानले अष्ट्रेलियामा रहँदै आएका गायक विष्णु सापकोटासँगको एक युगल तस्वीर सार्वजनिक गरेकी छन्, जसले यी दुईजना प्रेम सम्बन्धमा छन् भन्ने चर्चालाई बल दिन्छ । टिकटकमा लगातार भिडियो पोस्ट भएपछि मिडियामा यी दुईको अफेयर रहेको हल्ला चलेको थियो । हप्तौं बितेपनि ती गसिपलाई गायिका चौहान र सापकोटा दुवैले खण्डन गरेका छैनन् । बरु एलिनाले इन्स्टाग्रामबाट विष्णुसँगको तस्वीर सेयर गर्दै अ...

शोभितको जय हो सुरु

शोभितको जय हो सुरु
काठमाडौं । चलचित्र निर्माता निर्देशक शोभित बस्नेत यतिबेला नयाँ चलचित्र ‘जय हो’को टिम लिएर पोखरातर्फ लागेका छन् । उनले आफ्नो यो चलचित्रको छायांकन पोखरा र मुस्ताङमा गरिने भएको छ । चलचित्रको युनिट आइतबार पोखरा लागेको हो । त्यहाँ केही दिन छायांकन गरेर मुस्ताङ जाने निर्माता बस्नेतले बताएका छन् । फिल्म जय होका निर्माता शोभित बस्नेत हुन् । यो सिनेमाको बिहीबार राजधानीमा आयोजित एक कार्यक्रमबीच औपचारिक र...

चलचित्र कलाकार संघको अध्यक्षमा निरौला विजयी

चलचित्र कलाकार संघको अध्यक्षमा निरौला विजयी
काठमाडाैं। कलाकारको छाता संगठन नेपाल चलचित्र कलाकार संघको अध्यक्ष पदमा मोहन निरौला विजयी भएका छन्। शनिबार सम्पन्न १९औँ साधारणसभामा उनी कुल खसेको चार सय ६८ मतमा दुई सय ३५ मत प्राप्त गर्दै विजयी भएका हुन्। उनको निकटतम् प्रतिद्वन्द्वी अभिनेत्री रेजिना उप्रेतीले दुई सय नौ मत प्राप्त गरिन्। संघ स्थापना हुँदा नै सदस्यमा रहेका निरौला त्यसपछि कार्यसमितिमा चार कार्यकाल महासचिव र तीन कार्यकाल उपाध्यक्...

पशुपति प्रसाद २ : भष्मे डन’ को छायांकन सुरु

पशुपति प्रसाद २ : भष्मे डन’ को छायांकन सुरु
काठमाडौँ । फिल्म ‘पशुपति प्रसाद २ : भष्मे डन’ को छायांकन सुरु भएको छ । शुक्रबार पशुपति क्षेत्रमा फिल्मको शुभमुर्हूत गर्दै फिल्मको छायांकन सुरु भएको हो । फिल्मका निर्देशक दीपेन्द्र के खनाल हुन् । ४० दिनको सेडुल सहित फिल्मको छायांकन सुरु गरिएको निर्देशक दीपेन्द्र के खनालले बताए । उनले फिल्म पशुपति वरपरका स्थानमै छायांकन हुने जानकारी दिए । विपिन कार्की, स्वस्तिमा खड्का र सौगात मल्ल लगायतको मुख्य भ...

‘परालको आगो’का निर्देशक सुब्बाको उपचारका क्रममा निधन

‘परालको आगो’का निर्देशक सुब्बाको उपचारका क्रममा निधन
काठमाडौं : नेपाली फिल्म ‘परालको आगो’ निर्देशक प्रताप सुब्बाको उपचारका क्रममा निधन भएको छ । उनको बिहीबार भारतको सिलगुडीस्थित एक अस्पतालमा ७८ वर्षको उमेरमा निधन भएको हो । भारतको पश्चिम बंगालका स्थानीय सञ्चारमाध्यमले निर्देशक सुब्बाको निधन भएको जानकारी दिएका छन्। सुब्बा पहिलो नेपालीमूलका भारतीय फिल्म निर्देशक समेत हुन् । सुब्बाले २०३५ सालमा रिलिज भएको परालको आगो निर्देशन गर्दै करिअर थालेका ...

‘प्रेमा’ नेपालीसँगै तमिल, तेलुगु र हिन्दी भाषामा प्रदर्शन हुने

‘प्रेमा’ नेपालीसँगै तमिल, तेलुगु र हिन्दी भाषामा प्रदर्शन हुने
काठमाडौं। नेपाली चलचित्र ‘प्रेमा’लाई हिन्दी, तमिल र तेलुगु भाषामा समेत प्रदर्शन गरिने भएको छ। काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा निर्देशक गोविन्दसिंह भण्डारीले नेपालीबाहेक अन्य भाषालाई ‘ओभर दी टप’ अर्थात् ओटिटीका माध्यमले दर्शकमा पुर्‍याइने जानकारी दिए। “मैले तेलुगु चलचित्रमा काम गरेको छु। त्यहाँका दर्शकलाई लक्षित गर्दै स्वराङ्कन गरिएको छ। यद्यपि नेपालमा भने नेपाली भाषामा मात्र प्रदर्शन हुनेछ”...

बहिनी रोशनीसंगै हेलिकप्टर मार्फत रुकुम महोत्सवमा पुगे पल शाह

बहिनी रोशनीसंगै हेलिकप्टर मार्फत रुकुम महोत्सवमा पुगे पल शाह
काठमाडौं – रुकुममा जारी एक महोत्सवमा आफ्नो प्रस्तुति दिन अभिनेता पल शाह हेलिकप्टर मार्फत रुकुम पुगेका छन् ।आयोजकले पलको लागि हेलिकप्टरको व्यवस्था गरेपछि उनी हेलिकप्टर मार्फत रुकुम महोत्सव पुगेका हुन् पलले महोत्सवमा आफ्नो प्रस्तुति दिने र त्यसपछि पुनः काठमाडौं फिर्ता हुने बताइएको छ। पलको साथमा बहिनी रोशनी पनि संगै गएकी छिन् । आफ्नो जीवनमा घटेको एक घटनाका कारण जेल जीवन बिताइरहेका पलले केही हप्ता ...