दयाहाङको चलाखी : ‘बिहे पास’को पोस्टर शेयर गर्दै ‘जारी’को पनि प्रचार
फिल्मको नायकको सम्बन्धमा रहेको परम्परागत धारणा भत्काएका अभिनेता दयाहाङ राई अभिनयमा अब्बल छन् । यसैले त उनी विगत एक दशकदेखि नेपाली फिल्ममा गजबले छाइरहेका छन् । मौलिक र खाँटीपनको कथामा फिल्म बनाउन चाहने धेरैजसो निर्माता-निर्देशकको पहिलो रोजाइमा उनी नै पर्ने गर्छन् । उनले पनि राजेश हमाल शैलीमा फिल्मको संख्या बढाउँदै लागेका छन् ।
दयाहाङले संख्यात्मक वृद्धिमा जोड दिँदा अब आफ्नै फिल्म एकै मितिमा भिड्...














