५३१ कैदीलाई माफी मिनाहा
काठमाडौँ — राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवसको अवसरमा ५३१ कैदीहरूलाई माफी मिनाहा दिएकी छन् । राष्ट्रपतिको कार्यालयका अनुसार राष्ट्रपति भण्डारीले ५२३ जना कैदीहरुको भुक्तान हुन बाँकी कैद कट्टा गरी माफी मिनाहा गरेकी हुन् भने ८ जनाको कैद सजाय माफी गरेकी हुन् ।
मन्त्रिपरिषद्को २९ भदौको बैठकको सिफारिस बमोजिम संविधानको धारा २७६ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा मुलुकी फौजधारी कार्यविधि संह...













