यो मन त मेरो नेपाली हो
पोखरा : एलेक्स नौ वर्ष अघि नेपाल आएका हुन्। बेलायतबाट घुमफिर गर्दै आइपुगेका उनलाई नेपाल यति मन पर्यो कि यतै बस्न थाले। यहाँका संस्कृति मन पर्यो, मान्छे पनि मन पर्यो, उनलाई। अझ पोखराको मोहनीमा त उनी भुतुक्कै भए। गीतसंगीत उनको रुचिको विषय हो। संगीतका लागि यहाँका वातावरण प्रेरक ठानेका एलेक्स आफूलाई नेपाली भन्न रुचाउँछन्। ‘मेरो नाम एलेक्सबहादुर नेपाली हो’, उनी भन्छन्।
गितार बजाउनु, धुन भर्नु र ...














