अभिनेता राजेश हमालको नाममा फिल्म बन्ने

अभिनेता राजेश हमालको नाममा फिल्म बन्ने
अभिनेता राजेश हमालको नाममा फिल्म बन्ने भएको छ। फिल्म निर्माता केदार भुषालले अभिनेताको नाममा ‘राजेश हमाल’ फिल्म बनाउन लागेका हुन्। फिल्ममा राजेशको भुमिका रहेता पनि उनको जीवनीमा आधारित नहुने बताइएको छ। विक्रम लामाले निर्देशन गर्ने सो फिल्ममा सञ्चिता लुइँटेल, मुकुन भुषाल, महेश त्रिपाठी, एवनराज उप्रेतीलगायतको अभिनय रहनेछ।

चलचित्र ‘उल्झन’ यु ट्युबमा रिलिज

चलचित्र ‘उल्झन’ यु ट्युबमा रिलिज
काठमाडौं। विदेशमा नेपाली युवाले पाउने पीडा र दुःखका कथा समेटिएको चलचित्र ‘उल्झन’ यु ट्युबमा रिलिज गरिएको छ । राजु अधिकारी निर्देशित यो चलचित्र हलमामा रिलिज नभई कोभिड महामारीका कारण युट्युबमा रिलिज गरिएको हो । आशुतोष फिल्मसको व्यानरमा निर्माण भएको चलचित्रमा स्वदेश फर्किएपछि एक युवाले भोग्ने व्यथालाई प्रस्तुत गरिएको छ । तेजेन्द्र कँडेलको प्रस्तुति र नारायण ढुंगाना कार्यकारी निर्माता रहेको चलचित्र...

फिल्मपछि हल बनाउँदै दीपक र दीपा, मल्टिप्लेक्स हल सञ्चालनमा ल्याउने तयारी

फिल्मपछि हल बनाउँदै दीपक र दीपा, मल्टिप्लेक्स हल सञ्चालनमा ल्याउने तयारी
काठमाडौं – कलाकार दीपकराज गिरी र दीपाश्री निरौलाको समूहले राजधानीमा एउटा मल्टिप्लेक्स हल सञ्चालनमा ल्याउने भएका छन् । नयाँ बानेश्वरस्थित शंखमुल रोडको एक घरमा उनीहरुले दुईवटा पर्दा सहितको हल निर्माण गरिरहेका छन् । जसको काम अहिले धमाधम भइरहेको दीपकराज गिरीले बताए । करिब ९ करोड अनुमानित लागतमा उनीहरुले हल निर्माण गर्न लागेका हुन् । दशैँसम्म सक्ने लक्ष्यका साथ निर्माण कार्य थालिएको हल चैत्रसम्ममा स...

काँकडभिट्टादेखि पश्चिम महाकालीसम्म गुड्ने ट्रकको कथामा अमेरिकीले बनाए फिल्म

काँकडभिट्टादेखि पश्चिम महाकालीसम्म गुड्ने ट्रकको कथामा अमेरिकीले बनाए फिल्म
नेपालमा गुड्ने ट्रकको बारेमा अमेरिकामा फिल्म निर्माण भएको छ । पूर्व काँकडभिट्टादेखि पश्चिम महाकालीसम्म गुड्ने ट्रकको कथामा एक अमेरिकीले समेट्दै फिल्म निर्माण गरेका छन् । जहाँ नेपालका सडकमा प्रायः रहिरहने खाल्डाखुल्डीलाई छिचोल्दै र आफ्नो ज्यानलाई हत्केलामा राखेर गाडी चालकको कथा पनि मिसाइएको छ । फिल्मको नाम ‘टयाटुड ट्रक्स अफ नेपाल– हर्न प्लिज’ राखिएको छ भने उक्त फिल्ममा नेपालको पारवहन क्षेत्रको ए...

‘कुरा बुझ्नु पर्च’ : कति माधुर्य भाका ?

‘कुरा बुझ्नु पर्च’ : कति माधुर्य भाका ?
‘कुरा बुझ्नु पर्च जसले माया गर्छ उसलाई जोवन खर्च’ तिख्खर चट्नी जस्तै जिब्रोमा रसाउने सुरम्य शब्दलहर । उस्तै माधुर्य भाका । कथ्य संरचनाको मनोहर दृश्य । प्रकाश सपूतको यो गीत जति सुनेपनि, जति हेरेपनि मन अघाउँदैन । सरल अनि सुपाच्य सांगीतिक खुराक हो, यो । प्रकाशको यो रचना–शिल्प निकै स्वादिलो छ । रसिलो र खँदिलो पनि । गीत शान्तिश्री र समीक्षा अधिकारीले गाएका हुन् । म्युजिक भिडियोमा स्वास्ति...

प्रतिष्ठानको साधारण सदस्यबाट हटाईयो दुर्गेशलाई

प्रतिष्ठानको साधारण सदस्यबाट हटाईयो दुर्गेशलाई
गायक तथा मोडल दुर्गेश थापालाई राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालले साधारण सदस्य समेत नरहने गरि निस्कासन गरेको छ । प्रतिष्ठानले आज एक विज्ञप्ती जारी गर्दै दुर्गेशलाई निस्कासन गरिएको जनाएको हो । जारी गरिएको विज्ञप्तीमा भनिएको छ,‘नेपाली हिन्दू महिलाहरुको महान चाड हरितालिका तीजको अवसरमा सामजिक संजालमा विभिन्न माध्यमबाट सम्प्रेशित तीजगीत संगीतहरुमध्ये ‘ख्यास पुतली’ को बारेमा पक्ष ,विपक्षमा...

नाइँ नभन्नु ल ६ का लागि अफर आएको थियो : मलिका महत

नाइँ नभन्नु ल ६ का लागि अफर आएको थियो : मलिका महत
अहिले म्युजिक भिडियोमा निकै छाएकी नायिका हुन्- मलिका महत । भनिन्छ- बजारमा जो बिक्छ उही टिक्छ । नायिका महत र नायक पल शाहको जोडीले केही समय म्युजिक बजार राम्रैसँग ततायो । पल र मलिकाको जोडी म्युजिक भिडियोमा मात्र सीमित रहेन, उनीहरू दुवैलाई फिल्म 'पर्खी बसे' को सिक्वेलका लागि समेत अफर आयो । फिल्म 'यात्रा' बाट सिनेमा क्षेत्रको यात्रा सुरु गरेकी मलिकालाई अहिले थुप्रै अफर आइरहेका छन् । तर उनले आफूलाई ...

हिरो हिरोइनको गाडी किन्ने प्रतिष्पर्धा, कसले कतिमा किने ?

हिरो हिरोइनको गाडी किन्ने प्रतिष्पर्धा, कसले कतिमा किने ?
कलाकारितामा लागेर केहि गर्न सकिन्न भन्नेहरुका लागि केहि कलाकारले यसै महिना महँगो गाडी किनेर देखाइदिएका छन् । केहि साता अघि मात्र गायक तथा नायक प्रकाश सपुतले ५० लाखमा हुन्डाईको क्रेटा किनेका थिए । उनले किनेको गाडी सेतो रङको छ । प्रकाशले गाडीको भ्लगसँगै फेसबुकमा स्टाटस पोस्ट गर्दै,’ सपना, संघर्ष, सिर्जना, सफलता मेरो। साथ, सहयोग, शुभेच्छा तपाईंहरुको,’ स्टाटसमा लेखेका छन्, ‘सपना देख्नेहरुलाई हौसला ...

चलचित्र ‘लभ सर्कल’ ट्रेलर सार्वजनिक

चलचित्र ‘लभ सर्कल’ ट्रेलर सार्वजनिक
काठमाडौँ। चलचित्र ‘लभ सर्कल’को ट्रेलर सार्वजनिक गरिएको छ। मि टिभीको प्रस्तुतिमा निर्माण भएको चलचित्रलाई ओम प्रकाश अग्रवाल र रोशन पौडेलले निर्माण गरेका हुन्। कमेडी र सस्पेन्स थ्रिलर जनरामा बनेको चलचित्रको निर्देशन बसन्त निरौलाले गरेका हुन्। लक डाउनको समयमा फुर्सदमा रहेका कलाकार तथा प्राबिधिकहरु लाई पनि केहि राहत होस् भन्ने उदेश्यका साथ डिजिटल प्लेट फर्ममा मात्र प्रदर्शन गर्ने लक्ष्य सहित चलचित्र ...

गोपाल तिमल्सिनाद्धारा गाईजात्रे झटारो ‘खै के खैके ’ सार्वजनिक (भिडियो सहित)

गोपाल तिमल्सिनाद्धारा गाईजात्रे झटारो ‘खै के खैके ’ सार्वजनिक (भिडियो सहित)
२१ साउन, काठमाडौं । आगामी भदौ ७ गते परेको गाइजात्रालाई लक्षित गर्दै हास्य कलाकार तथा गायक गोपाल तिमल्सिना ले यो वर्ष आफ्नो गाइजात्रे कमेडी कोसेली ‘खै के खैके ’ल्याएका छन् । गाइजात्रे प्रस्तुतिको विकाश कार्की ,राज कुमार श्रेष्ठ , राम तिमल्सिनाको अभिनय रहेको छ । प्यारोडी गीतमा लय शब्द तथा स्वर गायक तथा कलाकार गोपाल तिेतिमल्सिनादिएका छन् । देशको समसामयिक राजनीतिक, राजनीतिक दल र विकृति ...