जनक लामा, सलिना मोक्तान, रेशम थिङ्ग र अर्चना स्याङ्गतानको स्वरमा “तिम्रै लागि हे माया” आयो
काठमाण्डौ अशोज ०७ - लोक तथा दोहोरी गायिका सलिना मोक्तानले आफ्नो पछिल्लो प्रस्तुतिको रुपमा "तिम्रै लागि हे माया" बोलको गीतलाई सार्बजनिक गरेकी छिन् । स्थायी घर खोटाङ्ग वाकाचोल भएकी उनले यस अघि पनि थुप्रै गीतहरु सार्बजनिक गरिसकेकी छिन् । बिशेष गरेर आफ्नै कला संस्कृति र मौलिकतालाई ध्यानमा राखेर आफ्नो सांगीतिक यात्रा अगाडी बढाईरहेकी सलिनाको भर्खरै सार्बजनिक भएको गीतमा माया प्रेममा प्रगाडताको भाव समाबेश...














