राष्ट्रिय क्रिकेट टोलीको नयाँ जर्सी सार्वजनिक, आदर्शको डिजाइन छनोट
काठमाडौं, ७ भदौ
नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय क्रिकेट टोलीको नयाँ जर्सी सार्वजनिक गरेको छ । सोमबार क्यानले विज्ञप्तिमार्फत क्रिकेट टिमको नयाँ जर्सी सार्वजनिक भएको जानकारी गराएको हो ।
जर्सीको प्रायोजक खोज्ने जिम्मा पाएको एडप्याडले खुल्ला आवेदनबाट क्रिकेट टिमको नयाँ जर्सी सार्वजनिक गरेको हो । आदर्श पोखरेलले डिजाइन गरेको जर्सीलाई नेपाली क्रिकेट टिमको नयाँ जर्सीका रुपमा प्रयोग गर्नेछ ।
...













