आइसीसी विश्वकप क्रिकेट लिग-२ : आज नेपाल र अमेरिका भिड्दै
काठमाडौं, २८ भदौ
आइसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत नेपाल, अमेरिका र ओमान सम्मिलित श्रंखला आज साेमबारबाट सुरु हुँदैछ । सोमबार नेपाल र अमेरिका भिड्दै छन् ।
ओमानको मस्कटस्थित अल अमेरात क्रिकेट मैदानमा हुने खेल नेपाली समय अनुसार अपराह्न सवा ४ बजे सुरु हुनेछ ।
नेपाल र अमेरिका दुबै खेल जित्दै सुखद् सुरुवात गर्ने लक्ष्यका साथ मैदान उत्रनेछन् । नेपालले शृंखलाका चार खेल नै जिते छनोटको सम्भाव...














