२०७७ साल असोजमा कस्तो छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल
मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )
असोज महिनामा सन्तानबाट सुख मिल्नेछ । लामो समयदेखि रोकिएको कामको गाँठो फुक्नेछ । नयाँ कार्य व्यवसायको थलनीका लागि महिना उत्तम रहनेछ । भू-धनबाट लाभ हुनुका साथै बोलीको प्रभावमा वृद्धि हुने देखिन्छ । अरूको मुख नताकी सही निर्णय लिन सके थप अवसर प्राप्त होला । आफ्नो क्षेत्रमा प्रभूत्त्व जमाउन सकिनेछ । प्रेम जीवनपनि सुखद् रहनेछ ।
वृष ( इ, उ, ए, ओ, वा, वि, वु, ...