मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )
असोज महिनामा सन्तानबाट सुख मिल्नेछ । लामो समयदेखि रोकिएको कामको गाँठो फुक्नेछ । नयाँ कार्य व्यवसायको थलनीका लागि महिना उत्तम रहनेछ । भू-धनबाट लाभ हुनुका साथै बोलीको प्रभावमा वृद्धि हुने देखिन्छ । अरूको मुख नताकी सही निर्णय लिन सके थप अवसर प्राप्त होला । आफ्नो क्षेत्रमा प्रभूत्त्व जमाउन सकिनेछ । प्रेम जीवनपनि सुखद् रहनेछ ।

वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )
यो महिनामा तपाईंलाई एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । भाग्यले साथ दिनेछ भने काममा सफलता हात पर्नेछ । मठ मन्दिरको भ्रमणले काम सम्पन्न गर्न थप ऊर्जा प्रदान गर्नेछ । लगनशीलताले कामहरु अगाडी बढ्नेछन । सवारी साधन खरिद गर्ने योजना बन्ला । आत्मबल बढाएर काम गरेमा असफल भइँदैन तर महत्त्वकांक्षी योजना गोप्य राखेर अघि बढ्नुपर्छ ।

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )
असोज महिनामा तपाईंलाई मिश्रित फल मिल्नेछ । बोलीको विशेष ख्याल गर्नुपर्ने देखिन्छ । स्वास्थ्यमा पनि प्रतिकूलता रहनसक्ने देखिन्छ । आफ्नो अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्नेछ । १५ गतेबाट दान–पुण्यजस्ता कार्यमा सहभागी भइनेछ । नोकरी गर्नेले मानसम्मान पाउनेछन् । वाक्चतुर्याईँले सङ्कल्प सिद्घ हुनेछ । ठीक समयमा सही निर्णय लिन सकिनेछ ।

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )
भित्रैबाट मन पर्ने व्यक्तिसँगको भेटघाटले कार्यक्षेत्रमा उत्साह जगाउनेछ । काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ । मठ-मन्दिरको भ्रमणले काम सम्पन्न गर्न थप ऊर्जा प्रदान गर्नेछ । कार्य सम्पादनमा सहजता मिल्नेछ । जोश,जाँगर र हिम्मत बढ्ला । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ । शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ । लामोयात्रा सुखद् र सफल हुनेछ ।

सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )
सिंह राशिका लागि यो महिना लाभदायी रहनेछ । शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ । पारिवारिक सुख मिल्नुका साथै सुखद् यात्राका अवसर पनि प्राप्त हुनेछन् । विपरीत वर्गप्रति आकर्षण बढ्नेछ । छरछिमेकमा सम्पन्न हुने धार्मिक र सांस्कृतिक गतिविधिमा संलग्न हुनु पर्नेछ । वैदेशिक क्षेत्रबाटपनि सफलता मिल्नेछ । मध्य महिनाबाट आफ्नो विचार विपरित निर्णय हुन सक्छ । बाटो काट्दा वा यात्रा गर्दा सचेत हुनुपर्छ ।

कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )
यो महिनामा शुभकार्यको चर्चा चल्नेछ । कला र गलाको प्रभाव बढ्नेछ । नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय छ । रोकिएका काम पुनः सुरु हुन सक्छन् । अध्ययन अध्यापनको क्षेत्र सबल रहनेछ । ठुला व्यक्तिले तपाईको मेहनतको प्रसंसा गर्नेछन् । विद्याबाट विशेष लाभ हुनेछ । २२ गतेबाट राजनैतिक कार्यमा बाधा आउनेछ । स्वास्थ्यमा तथा सौन्दर्यतामा धन खर्च हुनेछ ।

तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )
तुला राशिका लागि असोज महिना मध्यम फलदायी रहनेछ । बाहिरी गफगाफमा भुलिदाँ व्यापार व्यवसायमा असर पर्न सक्छ । नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला । पढाइलेखाइमा पनि प्रगति गर्न नसकिने देखिन्छ । नाक तथा घाँटीमा समस्या आउला । मध्य महिनामा विशिष्ट व्यक्तिको सहयोग प्राप्त हुनेछ । वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ । घर ,जग्गा खरिद तथा बिक्रिको योग छ ।

वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )
यो महिना तपाईंकोलागि नयाँ कार्यको थालनी हुनेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । व्यापार व्यवसायमा औसत लाभ हुनेछ । सजिलै अरुको बिश्वास जित्न सकिनेछ । अध्ययनमा रुचि जाग्नुका साथै उल्लेख्य प्रगति हुनेछ । वाणिज्य क्षेत्रबाट विशेष लाभ रहनेछ । नयाँ कार्यप्राप्तिका योग देखिन्छन् । कला र मनोरञ्जनमा अभिरुचि जाग्नेछ । प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागिपनि श्रेष्ठ समय छ ।

धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )
असोज महिनामा कामका विभिन्न अवसर फेला पर्ने छन् । नयाँ वस्त्र, अलंकारको प्राप्ति हुनेछ । दोष थुपार्नेहरू प्रशंसा गर्न थाल्नेछन् । ठुला व्यक्तिले तपाइको मेहनतको प्रसंसा गर्नेछन् । नोकरीमा स्थानान्तरण तथा पदोन्नतिको योगपनि छ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । बैदेशिक कार्य अघी बढ्नेछ । ब्यापार ब्यबसायबाट आम्दानी हुनेछ ।

मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )
मकर राशिका लागि यो महिना कार्यक्षेत्रमा सफलता प्राप्त हुनुका साथै नयाँ कार्य गर्ने उत्साह मनमा छाउनेछ । आर्थिक र व्यवसायिक समस्या समाधान हुनेछन् । प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । शुभारम्भको चर्चा चल्नेछ । मित्र जनको साथ र सहयोगले उल्लेख्य कार्य सम्पादन हुनेछ । सामाजिक मान प्रतिष्ठा मिल्नुका साथै राजनीतिक क्षेत्रबाट पनि सफलता हात पर्ने देखिन्छ ।

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )
यो महिनामा घर परिवारमा झै–झमेलाको अवस्था आउला । सरकारी निकाएको भय रहला । घरायसी व्यवहारमा संलग्न नहुनुमै कल्याण छ । सहयोगको नाटक गर्नेहरूले झुक्याउन सक्छन्, सावधान रहनुहोला । महिनाको अन्त्यमा तार्किक क्षमता एवं बोलीको प्रभावले स्वरोजगार भइनेछ । सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ हुनेछ । कुटुम्बबाट विशेष सहयोग मिल्नेछ ।

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )
असोज महिना रमाइलो यात्रा गर्ने अवसर जुट्न सक्छ । इच्छा र आकाङ्क्क्षा पूर्ण हुने भएको छ । समग्रमा सकारात्मक महिना रहेको छ । प्रतिष्ठित व्यक्तिहरूसँगको अन्तरकृयाले मनोबल उच्च बनाउनेछ । महिनाको उत्तरार्धबाट र तनाव बढेको महसुस हुनेछ । व्यवसायमा नोक्सानी बेहोर्नु पर्नेछ । नजिकका व्यक्तिबाट कार्यमा बाधा आउला । महत्त्वपूर्ण अवसर गुम्न सक्नेछ ।

तपाईको प्रतिक्रिया